२०८३, ७ कार्तिक शनिबार

आज देशभर ३५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या एक लाख १५ हजार नाघ्यो

आज देशभर ३५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या एक लाख १५ हजार नाघ्यो

पछिल्लो २४ घण्टामा एक हजार ५०३ जना अस्पतालबाट डिस्चार्ज


काठमाडौं २७ असोज  :  नेपालमा पछिल्लो २४ घण्टामा थप ३५ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो पुष्टिसँगै नेपालमा कोरोना संक्रमतिको संख्या एक लाख १५ हजार ३५८ पुगेको छ ।

देशभर मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् । पछिल्लो २४ घण्टामा एक हजार ५०३ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ७८ हजार ७८० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६८ दशमलव ३ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १५ हजार ५७७ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १२ लाख ७ हजार ९१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १५ हजार ४८ जना र होम आइसोलेसनमा २० हजार ८६७ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ७९५ जना क्वारेन्टिनमा रहेका छन् । देशभर ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । देशभर ३०७ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७७, २७ आश्विन मंगलबार  ६ : २४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना