२०८३, ७ कार्तिक शनिबार

काभ्रेका दुई स्थानीय तहका जोखिममा रहेका गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार हुने

काभ्रेका दुई स्थानीय तहका जोखिममा रहेका गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार हुने


धुलिखेल, २५ असोजः सरकारले जोखिम काभ्रेका दुई वटा स्थानीय तहका जोखिममा रहेका गर्भवती र सुत्केरी महिलाहरुको निःशुल्क हवाई उद्धार गर्ने भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रलायले स्वीकृत गरेको कार्यविधि अनुसार जिल्ला अतिविकट डाँडापारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिका र चौरीदेउराली गाउँपालिकाका गर्भवती र सुत्करी महिलाको उद्धार हुनेछ ।

उद्धार गरिएका गर्भवती र सुत्केरी महिलाको अस्पतालमा गरिने उपचार खर्च समेत निःशुल्क हुनेछ । कार्यविधिमा उल्लेख गरिए अनुसार यसरी हवाई मार्फत उद्धार गरिने महिलाको सुत्केरी पोषण स्याहार तथा यातायात सहयोगका लागि एकमुष्ट २० हजार रुपैयाँ समेत पाउनेछन् । तर पोषण खर्च सरकारी निवृत्तिभरण प्राप्त गर्ने ब्यक्ति र सामाजिक सुरक्षा कोषमा आवद्ध कर्मचारीले भने पाउने छैनन् ।

यातायात सहज पहुँच र स्थानीय स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेका गर्भवती र सुत्केरी महिलाको यसअघि पनि काभ्रेका यी दुई स्थानीय तहबाट उद्धार गरिएको छ ।

प्रकाशित मिति : २०७७, २५ आश्विन आईतबार  १ : २८ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना