२०८३, १२ आश्विन मंगलबार

काभ्रेका दुई स्थानीय तहका जोखिममा रहेका गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार हुने

काभ्रेका दुई स्थानीय तहका जोखिममा रहेका गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार हुने


धुलिखेल, २५ असोजः सरकारले जोखिम काभ्रेका दुई वटा स्थानीय तहका जोखिममा रहेका गर्भवती र सुत्केरी महिलाहरुको निःशुल्क हवाई उद्धार गर्ने भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रलायले स्वीकृत गरेको कार्यविधि अनुसार जिल्ला अतिविकट डाँडापारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिका र चौरीदेउराली गाउँपालिकाका गर्भवती र सुत्करी महिलाको उद्धार हुनेछ ।

उद्धार गरिएका गर्भवती र सुत्केरी महिलाको अस्पतालमा गरिने उपचार खर्च समेत निःशुल्क हुनेछ । कार्यविधिमा उल्लेख गरिए अनुसार यसरी हवाई मार्फत उद्धार गरिने महिलाको सुत्केरी पोषण स्याहार तथा यातायात सहयोगका लागि एकमुष्ट २० हजार रुपैयाँ समेत पाउनेछन् । तर पोषण खर्च सरकारी निवृत्तिभरण प्राप्त गर्ने ब्यक्ति र सामाजिक सुरक्षा कोषमा आवद्ध कर्मचारीले भने पाउने छैनन् ।

यातायात सहज पहुँच र स्थानीय स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेका गर्भवती र सुत्केरी महिलाको यसअघि पनि काभ्रेका यी दुई स्थानीय तहबाट उद्धार गरिएको छ ।

प्रकाशित मिति : २०७७, २५ आश्विन आईतबार  १ : २८ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय