२०८३, ९ कार्तिक सोमबार

पनौतीमा पहिलो पटक भिडियो एक्सरे सेवा सुरु

पनौतीमा पहिलो पटक भिडियो एक्सरे सेवा सुरु


धुलिखेल, २२ धुलिखेल, पनौती नगरपालिकाको खोपासी प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक भिडियो एक्सरे सेवा सुरु भएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र नगरपालिकाको आर्थिक लगानीमा स्थापना गरिएको भिडियाे एक्सरे सेवाको आरम्भ आज नगरप्रमुख भिम प्रसाद न्यौपानेले गर्नुभएको हो ।

मन्त्रालयको १४ लाख र नगरपालिकाको ४ लाख लगानीमा एक्सरे सेवा सुरु गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार भिडियो एक्सरे सेवा सुरु भएसँगै पनौती, बेथानचोक र खानीखोला गाउँपालिकाका बिरामीलाई सहज हुनु भएको छ ।

नगरपालिकाले पनौती र कुशादेवीमा समेत भिडियो एक्सरे सेवा सञ्चालनमा ल्याउने योजना बनाएको छ । नगरपालिकाभित्र दुईवटा प्राथमिक स्वास्थ्य केन्द्र, ८ वटा स्वास्थ्य चौकी र दुई वटा शहरी स्वास्थ्य केन्द्र सहित १२ वटा स्वास्थ्य संस्था रहेका छन् । नगरपालिकाको स्वास्थ्य क्षेत्रलाई सुधार गर्ने योजना अन्तर्गत स्थापना गरिएको भिडियो एक्सरे मेसिनले नगरपालिकाभित्रका नागरिकलाई सहज हुने नगरप्रमु भिमप्रसाद न्यौपानेले जानकरी दिनुभयो ।

 

प्रकाशित मिति : २०७७, २२ आश्विन बिहीबार  ७ : ५३ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि