२०८२, १० मंसिर बुधबार

आज एकै दिन देशभर २२ सय ५३ लाई संक्रमण पुष्टी कुन जिल्लाका कति जना थपिए हुर्नुहोस्

आज एकै दिन देशभर २२ सय ५३ लाई संक्रमण पुष्टी कुन जिल्लाका कति जना थपिए हुर्नुहोस्

संक्रमितको संख्या ८६ हजार ८२३


काठमाडौं, १८ असोज : नेपालमा पछिल्लो २४ घण्टामा थप २२ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहति नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ७८४ जनाको नमुना परीक्षण गर्दा २२ सय ५३ जनामा सङ्क्रमण देखएिको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै गएको २४ घण्टामा एक हजार ३२९ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ६४ हजार ६९ पुगेको छ ।

अब नेपालमा २२ हजार २१९ जना सक्रिय संक्रमित आइसोलेशनमा छन् । यस्तै चार हजार २०३ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा सात जनाको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ५५३ पुगेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

आज कुन जिल्लामा कति संक्रमित थपिए
पछिल्लो २४ घण्टामा प्रदेश(१ को उदयपुरमा २, खोटाङमा ३, झापामा १६, भोजपुरमा १, मोरङमा ८१, संखुवासभामा १ र सुनसरीमा ८ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ ।

प्रदेश(२ को धुनषामा ९, पर्सामा ८, बारामा ७, महोत्तरीमा १, रौतहटमा ५, सप्तरीमा ३, सर्लाहीमा ६ र सरिहामा ७ जनामा कोरोना पाइएको छ ।

बागमती प्रदेशको काठमाडौंमा मात्र एक हजार ३७३ जनामा कोरोना पुष्टि भएको छ । काभ्रेमा १०, चतिवनमा ५२, दोलखामा २, धादङिमा ८, नुवाकोटमा १४, भक्तपुरमा ३९, मकवानपुरमा २२, रसुवामा २, रामेछापमा २, ललतिपुरमा १८७ र सिन्धुपाल्चोकमा ८ जनामा कोरोना भेटिएको मन्त्रालयले जानकारी दिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ४, तनहुँमा १९, नवलपरासी पूर्वमा ४०, लमजुङमा ७, बाग्लुङमा ३ र स्याङजामा ४ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश(५ को कपलिवस्तुमा ४, गुल्मीमा ४, दाङमा ९, नलवपरासीमा १, पाल्पामा १५, प्युठानमा ५, बर्दयिामा १३, बाँकेमा ५० र रुपन्देहीमा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा १, दैलेखमा ८, रुकुम पश्चिममा २, सल्यानमा २, सुर्खेतमा ५४, जनामा कोरोना पुष्टि भएको छ ।

सुदूरपश्चमिको कञ्चनपुरमा २१, कैलालीमा ५५, डडेल्धुरामा १, बझाङमा १ र बैतडीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ

प्रकाशित मिति : २०७७, १८ आश्विन आईतबार  ५ : २४ बजे

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री

आगामी निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा ‘सूर्य’, नयाँ दलहरू ‘फर्स्ट कम फर्स्ट’ आधारम

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

सिंहदरबार प्रवेशमा रोक : जेन–जी समूह प्रधानमन्त्रीसँग भेट्न नसक्दा नाराबाजी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन आज पनि

लुटिएको प्रहरी हतियारसहित तीन जना इलाममा पक्राउ

विराटनगर । काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट भदौ २४ गते

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा