२०८२, २६ पुस शनिबार

६ महिनादेखि तलब नपाएपछि निजी विद्यालयका शिक्षक सडकमा

६ महिनादेखि तलब नपाएपछि निजी विद्यालयका शिक्षक सडकमा


सुनसरी, १८ असोज : निजी विद्यालयका शिक्षकले प्रदेश १ का मुख्यमन्त्री र अन्य मन्त्रीले आफ्ना पीडाबारे कुनै चाँसो नदिएपछि बाध्य भएर सडक आन्दोलन थालेर अब माग पूरा गराएर मात्रै विश्राम लिने घोषणा गरेका छन् ।

निजी विद्यालयका शिक्षकको संस्था शिक्षक युनियन (इस्टु) प्रदेश १ ले शनिबार इटहरीमा प्रदर्शन गरेपछि आयोजित कार्यक्रमका वक्ताले मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री जीवन घिमिरे, आन्तरिक मामिला र कानुनमन्त्री हिक्मत कार्कीले चासो नदिएपछि आन्दोलन थालेकोमा अब माग पूरा गराएरै छाड्ने बताएका हुन् ।

झापा, मोरङ र सुनसरीका निजी विद्यालयका शिक्षक शनिबार इटहरीमा भेला भई केन्द्रीय कार्यक्रमअनुसार प्रदर्शन सुरु गरेको मोरङ इस्टुले बताएको छ ।

‘हामीले ६ महिनादेखि तलब नपाएकाले घरमा चुल्हो नै बल्न छाडेपछि मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री जीवन घिमिरे, आन्तरिक मामिलामन्त्री हिक्मत कार्की र विद्यालय सञ्चालकलाई भन्दा पनि माग सुनुवाइ भएन,’ संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) प्रदेश १ का अध्यक्ष यादव अधिकारीले भने, ‘अब हाम्रा माग सुनाउनकै लागि सडकमा आयौं । निजी विद्यालयमा कार्यरत शिक्षकप्रति कसैले पनि मानवीयता देखाएनन् ।’

उनले यदि निजी विद्यालय सञ्चालकले चुल्हो बल्ने वातावरण सृजना नगरे विद्यालय सञ्चालन हुन नदिने गरी आन्दोलन चर्काउने उनले चेतावनी दिए।

‘निजी विद्यालय सञ्चालकले हामीलाई पालेको बताउने गरेका छन् । तर अब तपाईंहरू (निजी विद्यालय सञ्चालक) ले गर्दा हामी (शिक्षक) पालिएका हौं कि हामीले गर्दा तपाईहरूले पालिएको हो देखाउनेछौं,’ अधिकारीले आक्रोश पोखे, ‘निजी विद्यालय सञ्चालकले मानवीय नभएर दानवीय व्यवहार देखाएका छन् ।’

उनका अनुसार चैतयता निजी विद्यालयका शिक्षक-कर्मचारीले तलब पाएका छैनन् । तर विद्यालयले जुनसुकै बेला डाकेर काममा भने प्रयोग गर्ने गरेको छ । नागरिक दैनिकबाट

प्रकाशित मिति : २०७७, १८ आश्विन आईतबार  ८ : ३१ बजे

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,

प्रदर्शनकारीमाथि गोली नचलाउन इरानलाई ट्रम्पको दोस्रो चेतावनी

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी सरकारविरोधी प्रदर्शनलाई लिएर

विशेष महाधिवेशनअघि कांग्रेसको जुलुस प्रदर्शन, यी रुट हुँदै भृकुटीमण्डप पुग्ने

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन २७ र २८ पुसमा