२०८३, ८ कार्तिक आईतबार

काभ्रेमा थप २४ घण्टाम २६जनामा कोरोना संक्रमण पुष्टि,

काभ्रेमा थप २४ घण्टाम २६जनामा कोरोना संक्रमण पुष्टि,

संक्रमितको संख्या ६९९ पुग्यो


धुलिखेल १७ असोज : काभ्रेमा थप २४ घण्टामा २६जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार संक्रमणहुनेहरुमा धुलिखेलका ५ पुरुष र ३ महिला, पनौतीका १ पुरुषर १ महिला, बनेपाका ७ पुरुष र ५ महिला रहेका छन् ।

यस्तै पाँचखालका १ पुरुष र १ महिला,मण्डनदेउपुर नगरपालिका र चौरीदेउराली गाँउपालिकाका १÷१ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिनुभयो । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या करिब सात सय पुगेको छ । स्वास्थ्य कार्यालय काभ्रेले दैनिक उपलब्ध गराउने बिवरण अनुसार जिल्लामा संक्रमितको संख्या ६९९ पुगेको छ ।

यस्तै ४४६ जना भने उपचार पछि निको भएर घर फर्किएका छन् । शनिबार सम्मको तथ्याङ्क अनुसार जिल्लामा २४६ जनासक्रिय संक्रमित छन् । उनीहरु मध्ये १५९ जनाको अस्पताल आईसोलेसनमा उपचार भईरहेको छ भने ८७ जना होमआईसोलेसनमा रहेको डाक्टर झाले बताउनुभयो ।

हाल सम्म जिल्लामा भाईरसको संक्रमण बाट ११ जनाको मृत्यृ भईसकेको छ । उनीहरु मध्ये ४ जना बहिरी जिल्लाका हुन् । यस्तै जिल्लाको १३ ओटा स्थानीयतह मध्ये आज चार ओटा स्थानीय तहमा कोरोना संक्रमित देखीएको छैन । बेथानचोक, तेमाल, महाभारत र खनीखोला गाँउपालिकामा नयाँ संक्रमित नदेखीएको हो ।

प्रकाशित मिति : २०७७, १७ आश्विन शनिबार  ९ : १२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना