२०८२, १० फाल्गुन आईतबार

काभ्रेमा थप २४ घण्टाम २६जनामा कोरोना संक्रमण पुष्टि,

काभ्रेमा थप २४ घण्टाम २६जनामा कोरोना संक्रमण पुष्टि,

संक्रमितको संख्या ६९९ पुग्यो


धुलिखेल १७ असोज : काभ्रेमा थप २४ घण्टामा २६जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार संक्रमणहुनेहरुमा धुलिखेलका ५ पुरुष र ३ महिला, पनौतीका १ पुरुषर १ महिला, बनेपाका ७ पुरुष र ५ महिला रहेका छन् ।

यस्तै पाँचखालका १ पुरुष र १ महिला,मण्डनदेउपुर नगरपालिका र चौरीदेउराली गाँउपालिकाका १÷१ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिनुभयो । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या करिब सात सय पुगेको छ । स्वास्थ्य कार्यालय काभ्रेले दैनिक उपलब्ध गराउने बिवरण अनुसार जिल्लामा संक्रमितको संख्या ६९९ पुगेको छ ।

यस्तै ४४६ जना भने उपचार पछि निको भएर घर फर्किएका छन् । शनिबार सम्मको तथ्याङ्क अनुसार जिल्लामा २४६ जनासक्रिय संक्रमित छन् । उनीहरु मध्ये १५९ जनाको अस्पताल आईसोलेसनमा उपचार भईरहेको छ भने ८७ जना होमआईसोलेसनमा रहेको डाक्टर झाले बताउनुभयो ।

हाल सम्म जिल्लामा भाईरसको संक्रमण बाट ११ जनाको मृत्यृ भईसकेको छ । उनीहरु मध्ये ४ जना बहिरी जिल्लाका हुन् । यस्तै जिल्लाको १३ ओटा स्थानीयतह मध्ये आज चार ओटा स्थानीय तहमा कोरोना संक्रमित देखीएको छैन । बेथानचोक, तेमाल, महाभारत र खनीखोला गाँउपालिकामा नयाँ संक्रमित नदेखीएको हो ।

प्रकाशित मिति : २०७७, १७ आश्विन शनिबार  ९ : १२ बजे

कमलामाईमा चुनाबी माहौल बनाउँदै एमाले उमेदवार थापा

सिन्धुलीः उमेदवारहरुको भीडमा सिन्धुली क्षेत्र नंं २ मा बौद्धिक, क्षमतावान

कल्पना राईः सोलुखुम्बुको सपना र सशक्त युवा नेतृत्व

आज सगरमाथा पनि खुशीले हाँसेको छ । वरपरका शिखरहरुले गर्वका

बालेन्द्रको नैतिकतामाथि प्रश्न ?

नेतृत्व लोकप्रियताको क्षणिक खेल होइन । त्यो आचरण, जवाफदेहिता र

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार