२०८३, १४ बैशाख मंगलबार

सरकारको डाक्टर केसीलाई आग्रह : देश असामान्य अवस्थामा छ, अनसन फिर्ता लिनुस्

सरकारको डाक्टर केसीलाई आग्रह : देश असामान्य अवस्थामा छ, अनसन फिर्ता लिनुस्


काठमाडौं, १६ असोज : सरकारले अनसनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई जारी अनसन फिर्ता लिन आग्रह गरेको छ ।

बिहीबार सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अहिले देशमा असामान्य अवस्था रहेका बेला अनसन, धर्नालगायतका आन्दोलन उपयुक्त नहुने बताए । कोरोनाको जोखिमपछि बाँकी कुराहरु छलफल गर्न सकिने भन्दै सबै जना अहिले कोरोनाबाट उत्पन्न परिस्थितिलाई नियन्त्रण गर्न लागिपर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘अहिले कोरोनाका कारण देशमाअसामान्य अवस्था छ । आज मात्रै हामीले एक जना राम्रो चिकित्सकलाई गुमाएका छौं । यतिबेला आन्दोलन, धर्ना उपयुक्त हुन्छ र रु यदि केही कुराहरु छन् भने पछि पनि त छलफल गर्न सकिन्छ नि ।’

बिहीबार मात्रै कोरोना संक्रमणका कारण कर्णाली ली प्रदेश अस्पताल सुर्खेतका बरिष्ठ अर्थोपेडिक सर्जन डा। हरि सापकोटाको मृत्यु भएको छ । मन्त्रिपरिषदका निणर्य सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले डा। केसी र उनका सहयोगीहरुलाई अहिले अनसन फिर्ता लिएर सरकारलाई सहयोग गर्न आग्रह पनि गरे ।

प्रकाशित मिति : २०७७, १६ आश्विन शुक्रबार  ७ : १६ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले