२०८३, १२ आश्विन मंगलबार

लिसंखु पाखर गाउँपालिकामा कोरोना संक्रमित थपिए, सेवा सबै बन्द

लिसंखु पाखर गाउँपालिकामा कोरोना संक्रमित थपिए, सेवा सबै बन्द


धुलिखेल, १५ असोजः सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिकामा कोरोना संक्रमितको संख्या थपिएको छ । २४ जनाको स्वाब संकलन गरिएको मध्ये ७ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाले जनाएको छ ।

यसअघि पालिका वडा नम्बर ४ अत्तरपुर स्वास्थ्य चौकीका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टिभएपछि कन्ट्याक्ट ट्रेसिङ मार्फत २४ जनाको स्वाब संकलन गरिएको थियो । संक्रमितको संख्या बढेसँगै पालिकाले आफ्नो सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले बिहीबार एक सूचना जारी गर्दै असोज २२ गतेसम्म सबै सेवा बन्द रहेको जनाउनुभएको हो । जारी सूचना अनुसार पालिकाभित्रका ७ वाटै वडा कार्यालय, अत्तरपुर स्वास्थ्य चौकी, गाउँपालिकाको कार्यालय बन्द भएका हुन् ।

पालिकाले भर्चुअल विधिबाट सञ्चालन भइरहेका पठनपाठन बाहेक अन्य सबै शिक्षण सिकाई क्रियाकलाप समेत बन्द गर्न आग्रह गरेको छ । उपचारका लागि स्वास्थ्य चौकी जानु परेपनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गरे जान पालिकाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७७, १५ आश्विन बिहीबार  ७ : १७ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय