२०८३, ६ कार्तिक शुक्रबार

लिसंखु पाखर गाउँपालिकामा कोरोना संक्रमित थपिए, सेवा सबै बन्द

लिसंखु पाखर गाउँपालिकामा कोरोना संक्रमित थपिए, सेवा सबै बन्द


धुलिखेल, १५ असोजः सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिकामा कोरोना संक्रमितको संख्या थपिएको छ । २४ जनाको स्वाब संकलन गरिएको मध्ये ७ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाले जनाएको छ ।

यसअघि पालिका वडा नम्बर ४ अत्तरपुर स्वास्थ्य चौकीका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टिभएपछि कन्ट्याक्ट ट्रेसिङ मार्फत २४ जनाको स्वाब संकलन गरिएको थियो । संक्रमितको संख्या बढेसँगै पालिकाले आफ्नो सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले बिहीबार एक सूचना जारी गर्दै असोज २२ गतेसम्म सबै सेवा बन्द रहेको जनाउनुभएको हो । जारी सूचना अनुसार पालिकाभित्रका ७ वाटै वडा कार्यालय, अत्तरपुर स्वास्थ्य चौकी, गाउँपालिकाको कार्यालय बन्द भएका हुन् ।

पालिकाले भर्चुअल विधिबाट सञ्चालन भइरहेका पठनपाठन बाहेक अन्य सबै शिक्षण सिकाई क्रियाकलाप समेत बन्द गर्न आग्रह गरेको छ । उपचारका लागि स्वास्थ्य चौकी जानु परेपनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गरे जान पालिकाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७७, १५ आश्विन बिहीबार  ७ : १७ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा