२०८३, १५ बैशाख बुधबार

विश्व बैंकले गरीब देशलाई कोरोना खोप किनिदिने

विश्व बैंकले गरीब देशलाई कोरोना खोप किनिदिने

१२ बिलियन डलर विनियोजन


काठमाडौं, १५ असोज : विश्व बैंकले गरीब राष्ट्रका लागि कोभिडविरुद्धको भ्याक्सिन किनिदिने भएको छ । आम मानिसका लागि सकेसम्म छिटो कोभिडविरुद्धको खोप सुनिश्चित गर्न १२ बिलियन डलर विनियोजन गरेको बैंकले जनाएको छ ।

बजारमा कोभिडविरुद्धको भ्याक्सिन आउना साथ विश्व बैंकले भ्याक्सिन किनिदिनेछ । उसले कोभिडविरुद्धको खोपका लागि धेरै समय कुर्न नसकिने भन्दै चाँडो उत्पादन गर्न पनि आग्रह गरेको छ । विश्व बैंकको यो घोषणाले निम्न आय भएका देशहरूका करिब दुई अर्ब मानिसको उपचार गर्न सकिने विश्वास लिइएको छ ।

गरीब राष्ट्रहरूका लागि सहयोग गर्ने यो योजना विश्व बैंकका सेयर होल्डरहरूको अनुमोदनका आधारमा हुनेछ । अहिले विभिन्न राष्ट्रहरुले कोरोनाविरुद्धको खोप तयार गरी परीक्षणका क्रममा छन् ।

रुस, अमेरिका, चीनलगायतका देशले कोरोनाको खोप विकास गरी मानव परीक्षण गरिरहेका छन् । यी देशहरुबीच विश्व बजारमा आफ्नो खोप जतिसक्दो छिटो पुर्‍याउने होडबाजी समेत चलिरहेको छ ।

प्रकाशित मिति : २०७७, १५ आश्विन बिहीबार  ७ : २९ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले