२०८२, २२ भाद्र आईतबार

विश्व बैंकले गरीब देशलाई कोरोना खोप किनिदिने

विश्व बैंकले गरीब देशलाई कोरोना खोप किनिदिने

१२ बिलियन डलर विनियोजन


काठमाडौं, १५ असोज : विश्व बैंकले गरीब राष्ट्रका लागि कोभिडविरुद्धको भ्याक्सिन किनिदिने भएको छ । आम मानिसका लागि सकेसम्म छिटो कोभिडविरुद्धको खोप सुनिश्चित गर्न १२ बिलियन डलर विनियोजन गरेको बैंकले जनाएको छ ।

बजारमा कोभिडविरुद्धको भ्याक्सिन आउना साथ विश्व बैंकले भ्याक्सिन किनिदिनेछ । उसले कोभिडविरुद्धको खोपका लागि धेरै समय कुर्न नसकिने भन्दै चाँडो उत्पादन गर्न पनि आग्रह गरेको छ । विश्व बैंकको यो घोषणाले निम्न आय भएका देशहरूका करिब दुई अर्ब मानिसको उपचार गर्न सकिने विश्वास लिइएको छ ।

गरीब राष्ट्रहरूका लागि सहयोग गर्ने यो योजना विश्व बैंकका सेयर होल्डरहरूको अनुमोदनका आधारमा हुनेछ । अहिले विभिन्न राष्ट्रहरुले कोरोनाविरुद्धको खोप तयार गरी परीक्षणका क्रममा छन् ।

रुस, अमेरिका, चीनलगायतका देशले कोरोनाको खोप विकास गरी मानव परीक्षण गरिरहेका छन् । यी देशहरुबीच विश्व बजारमा आफ्नो खोप जतिसक्दो छिटो पुर्‍याउने होडबाजी समेत चलिरहेको छ ।

प्रकाशित मिति : २०७७, १५ आश्विन बिहीबार  ७ : २९ बजे

अमेरिकामा हुन्डाइ कारखानामा छापा : ४७५ अवैध आप्रवासी पक्राउ

जर्जिया। अमेरिकाको जर्जिया राज्यस्थित एलाबेल सहरमा निर्माणाधीन हुन्डाइ कम्पनीको ब्याट्री

एमालेको संगठित सदस्यता ६ लाख ६६ हजार नाघ्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संगठित सदस्य संख्या ६

शत्रु पराजयपछि विजयको उत्सव ‘इन्द्रजात्रा’ आज मनाइँदै

काठमाडौं, । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी शत्रु

एमाले महाधिवेशनमा ओलीको प्रतिवेदनमाथि १० समूहले छलफल

ललितपुर । नेकपा एमाले०को विधान महाधिवेशनको दोस्रो दिन अध्यक्ष केपी

एमालेको विधानमा ठूला रूपान्तरणको प्रस्ताव

काठमाडौं । नेकपा (एमाले) ले आफ्नो दोस्रो विधान महाधिवेशनमा पार्टीको