२०८३, १२ कार्तिक बिहीबार

एमाले महाधिवेशनमा ओलीको प्रतिवेदनमाथि १० समूहले छलफल

एमाले महाधिवेशनमा ओलीको प्रतिवेदनमाथि १० समूहले छलफल


ललितपुर । नेकपा एमाले०को विधान महाधिवेशनको दोस्रो दिन अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनसहित विभिन्न प्रतिवेदनहरूमा समूहगत छलफल जारी छ । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा १० समूहमा विभाजन गरी छलफल गरिँदैछ ।

शुक्रबार सुरु भएको महाधिवेशनमा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गरेका थिए । स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले फरक मत पनि प्रस्तुत गरेका छन् ।

शनिबार निर्वाचन, लेखा र अनुशासन आयोगका प्रतिवेदनहरू प्रस्तुत गरिएको छ। आइतबार समूहगत सुझावहरू प्रस्तुत भएपछि नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुने छ । महाधिवेशनमा २,०२६ प्रतिनिधिसहित २,३४१ जना सहभागी छन् ।

प्रकाशित मिति : २०८२, २१ भाद्र शनिबार  ८ : १२ बजे

प्रहरीको कडा चेतावनी : संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्नेहरूमाथि अनुसन्धान

काठमाडौं । नेपाल प्रहरीले संगठनको प्रतिष्ठामाथि आँच पुर्‍याउने र प्रहरीलाई

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल