२०८३, १२ असार शनिबार

एमाले महाधिवेशनमा ओलीको प्रतिवेदनमाथि १० समूहले छलफल

एमाले महाधिवेशनमा ओलीको प्रतिवेदनमाथि १० समूहले छलफल


ललितपुर । नेकपा एमाले०को विधान महाधिवेशनको दोस्रो दिन अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनसहित विभिन्न प्रतिवेदनहरूमा समूहगत छलफल जारी छ । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा १० समूहमा विभाजन गरी छलफल गरिँदैछ ।

शुक्रबार सुरु भएको महाधिवेशनमा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गरेका थिए । स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले फरक मत पनि प्रस्तुत गरेका छन् ।

शनिबार निर्वाचन, लेखा र अनुशासन आयोगका प्रतिवेदनहरू प्रस्तुत गरिएको छ। आइतबार समूहगत सुझावहरू प्रस्तुत भएपछि नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुने छ । महाधिवेशनमा २,०२६ प्रतिनिधिसहित २,३४१ जना सहभागी छन् ।

प्रकाशित मिति : २०८२, २१ भाद्र शनिबार  ८ : १२ बजे

सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

भक्तपुर, १२ असार : सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा

रास्वपाले पायो तीन नयाँ सहमहामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट हरि ढकाल,

रास्वपा महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट विपिनकुमार आचार्य

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि