२०८२, १० फाल्गुन आईतबार

काभ्रेमा बुधबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि, जिल्लामा निको हुनेको संख्या ४ सय २३ पुग्यो

काभ्रेमा बुधबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि, जिल्लामा निको हुनेको संख्या ४ सय २३ पुग्यो

जिल्लामा संक्रमित संख्यमा ६ सय ३८


धुलिखेल १५ असोज काभ्रेमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नमोबुद्धनगरपालिकाका ४ जना पुरुष, बनेपा नगरपालिकाका २ जना महिला, धुलिखेल नगरपालिकाका १ जना पुरुष र पनौतीका १ पुरुषमा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।

योसँगै जिल्लामा संक्रमित हुनेको संख्यमा ६ सय ३८ पुगेको छ । उनीहरु मध्ये ४ सय १२ जना पुरुष र २ सय २६ जना महिला छन् । बुधबार जिल्लाका १४ जना कोरोना संक्रमित उपचार पछि घर फर्किएका छन् । हालसम्म जिल्लमा निको हुनेको संख्या ४ सय २३ पुगेको छ । जिल्लामा अझै १ सय ९९ जना सक्रिय संक्रमित रहेका छन् ।

उनीहरुमध्ये अस्पताल आइसोलेसनमा १ सय २९जना र७० जना होम आइसोलेसनमा रहेको डाक्टर झाले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, १५ आश्विन बिहीबार  ६ : ५३ बजे

कमलामाईमा चुनाबी माहौल बनाउँदै एमाले उमेदवार थापा

सिन्धुलीः उमेदवारहरुको भीडमा सिन्धुली क्षेत्र नंं २ मा बौद्धिक, क्षमतावान

कल्पना राईः सोलुखुम्बुको सपना र सशक्त युवा नेतृत्व

आज सगरमाथा पनि खुशीले हाँसेको छ । वरपरका शिखरहरुले गर्वका

बालेन्द्रको नैतिकतामाथि प्रश्न ?

नेतृत्व लोकप्रियताको क्षणिक खेल होइन । त्यो आचरण, जवाफदेहिता र

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार