२०८३, ६ कार्तिक शुक्रबार

उपभोक्ता, दैनिक उपभोग्य वस्तुमा व्यापारीको मनपरी मूल्य

उपभोक्ता, दैनिक उपभोग्य वस्तुमा व्यापारीको मनपरी मूल्य


काठमाडौं, १४ असोज : दसैं नजिकिँदै गर्दा व्यापारीले दैनिक उपभोग्य वस्तुमा मनपरी मूल्य लिएर उपभोक्तालाई ठग्न थालेका छन् ।

व्यापारीले खाद्य वस्तुदेखि हरियो तरकारीमा मनपरी मूल्य लिने गरेको पाइएको छ । व्यापारीले खाने तेलमा १५ देखि २० रुपैयाँ बढी लिने गरेका छन् भने गेडागुडीमा प्रतिकेजी प्रतिकेजी १० देखि १५ रुपैयाँमा बढी रुपैयाँ लिने गरेका छन् ।

एक साताअघि मात्र १५ देखि २० रुपैयाँ सस्तोमा दैनिक खाद्यवस्तु दसैं नजिक आउन थालेपछि व्यापारीले प्रतिकेजी १० रुपैयाँ २० रुपैयाँ बढी मूल्य लिने गरेको उपभोक्ताको गुनासो छ ।

उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिनाले सरकारी निकायको बजार अनुगमन सयन्त्र कमजोर हुँदा व्यापारीले त्यसको फाइदा लिएको बताए । उनले दसैं नजिकिन थालेपछि व्यापारीले उपभोक्तालाई हेरेर मनपरी मूल्य लिने गरेको बताए ।

दैनिक उपभोग्य खाद्य वस्तु दाल गुडागुडी खाने तेल हरियो तरकारीमा अत्यधिक मूल्य बढाएर व्यापारीले उपभोक्तालाई ठग्ने काम भइरहेको छ । अध्यक्ष तिमल्सिनाले भने, ‘हप्ता दिनअघि भन्दा खाने तेल प्रतिलिटर २० रुपैयाँ महँगो भएको छ । सबै दाल गुडागुडीमा प्रतिकेजी १० देखि १५ रुपैयाँ बढेको छ । हरियो तरकारीमा प्रतिकेजी दोब्बर रुपैयाँ बढी लिइरहेका छन् ।

उनले भने,‘तर सरकारी अनुगमन निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता सरक्षण विभागले भने बजारमा बढेको अस्वाभाविक मूल्य नियन्त्रण गर्न कुनै कदम चालेको पाइँदैन ।

नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले खाने तेलको मूल्य बढेको बताए । उनले अन्य दाल गुडागुडीको मूल्यमा केही तलमाथि भएपनि नबढेको बताए । उनले खाने तेलमा भने प्रतिपोका तेलमा १५ देखि २० रुपैयाँसम्म बढेको जानकारी दिए ।

उनले भने, ‘अहिले खाने तेलको मूल्य बढाउनु कारण नभए पनि ठूला व्यापारीले दसैं नजिकिन थालेपछि विभिन्न वहाना बनाउन थालेका छन् । हप्ता दिनको भन्दा अहिले थोक व्यापारीले खुद्रा व्यापारीलाई प्रतिपोका तेलमा १० देखि १० रुपैयाँ बढी लिने गरेका छन् ।’

उनले भने, ‘ठूला थोक व्यापारीले नै खुद्रा व्यापारीलाई तेलमा बढी मूल्य लिन थालेपछि खुद्रामा उपभोक्ताले बढी मूल्य तिर्नुपरेको हो ।’ अन्तर्राष्ट्रिय बजारमा डरलको मूल्य पनि बढेको छैन । डरलको मूल्य घट्दै गएको छ, । ‘त्यो हिसाबले तेलको मूल्य घट्नुपर्ने हो तर ठूला व्यापारीले एक्कासी खाने तेलमा मूल्य बढाएका छन् ।

दसैं तिहारमा खाने तेलको प्रयोग धेरै हुने हुँदा ठूला व्यापारीले वर्षभरिको नाफा नभएको व्यापार दसैंमा फाइदा लिन विभिन्न बहाना बनाएर मूल्य बढाउने गर्छन्, । ठूला व्यापारीको माथिसम्म पहुँच हुन्छ उनीहरूलाई सरकारी निकायले कुनै कारबाही गर्न सक्दैन ।

त्यसकारणले पनि हरेक चाडपर्वमा ठूला व्यापारीले दैनिक उपभोग्य खाद्यवस्तुमा मूल्य बढाउने गर्छन् । ठूला व्यापारीले गरेको कालोबजारीको दोषी साना खुद्रा व्यापारी हुन्छ । अध्यक्ष श्रेष्ठले भने, ‘सरकारी निकायले गर्ने बजार अनुगमन नै प्रभावकारी नहुँदा त्यसको फाइदा ठूला व्यापारीले लिएका छन् । राजधानी दैनिकबाट

प्रकाशित मिति : २०७७, १४ आश्विन बुधबार  ७ : ४९ बजे

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट

क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीकाे सुनकाेसीमा आमा–छोरीको मृत्यु

रामेछाप। सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आपघारीस्थित क्रसर उद्योगका लागि प्रयोग गरिएको

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल

लुम्बिनीमा आनीको नियुक्तिमाथि प्रश्नैप्रश्न, विरोधको केन्द्रमा नागरिकता र सुशासन

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा