२०८२, १० पुस बिहीबार

महँगोमा कोरोना परीक्षण गर्ने निजी अस्पताललाई मन्त्रालयको मौन समर्थन

महँगोमा कोरोना परीक्षण गर्ने निजी अस्पताललाई मन्त्रालयको मौन समर्थन


काठमाडौं १२ असोज : सरकारले तोकेकोभन्दा बढी शुल्क लिएर कोरोना भाइरसको परीक्षण गर्ने निजी प्रयोगशालालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मौन समर्थन जनाएको छ । आइतबार मन्त्रालयमा भएको छलफलमा मन्त्रालयको मौन समर्थन पाएपछि निजी प्रयोगशालाले पिसिआर परीक्षण गर्न तीन हजार आठ सय ९९ रुपैयाँ नै लिने जनाएका छन् ।

पिसिआर परीक्षणका लागि निजी प्रयोगशालाले सरकारले तोकेभन्दा बढी शुल्क लिइरहेको विषयमा आइतबारको नयाँ पत्रिकामा समाचार प्रकाशित भएको थियो । त्यसलाई लिएर आइतबार स्वास्थ्य मन्त्रालयले निजी प्रयोगशालाका प्रतिनिधिसँग छलफल गरेको हो । शुल्क घटाउन दबाब दिनुको सट्टा मन्त्रालयमै बोलाएर छलफल गरी मौन समर्थन जनाएको छ ।

पिसिआर परीक्षणका लागि सरकारले चार हजार पाँच सयबाट घटाएर दुई हजार शुल्क तोकेको थियो । तर, निजी प्रयोगशालाले तीन हजार आठ सय ९९ रुपैयाँभन्दा तल परीक्षण गर्न नसकिने अडान लिएका छन् । छलफलमा निजी प्रयोगशालाका सञ्चालकले काठमाडौं मेडिकल कलेजले राजनीति गरेर सस्तोमा सेवा दिएको, बिध ल्याबले किटको म्याद सकिन लागेकाले सस्तोमा गरेको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई दबाब दिएका थिए । काठमाडौं मेडिकल कलेज, बिध ल्याब र कोरिया मैत्री अस्पतालले सरकारले तोकेकोभन्दा एक रुपैयाँ सस्तोमै गुणस्तरीय पिसिआर परीक्षण गरिरहेका छन् ।

स्वास्थ्यमन्त्री ढकालले मौन समर्थन जनाएपछि निजी प्रयोगशालाले संयुक्त विज्ञप्ति जारी गरी यसअघि लिइरहेको शुल्कभन्दा कममा परीक्षण गर्न नसकिने जनाएका छन् । स्टार अस्पताल प्रयोगशाला, ह्याम्स अस्पताल प्रयोगशाला, बी एन्ड बी प्रयोगशाला, नेपाल मेडिसिटी अस्पताल प्रयोगशाला, डिकोड जिनोमिक्स एन्ड रिसर्च सेन्टर, सार्य हेल्थकेयर प्रालि, सेन्टर डायग्नोस्टिक ल्याब्रोटरी एन्ड रिसर्च सेन्टर, इन्ट्राप्रिड डायग्नोस्टिक सेन्टर प्रालिले संयुक्त विज्ञप्ति जारी गर्दै नियमित रूपमा प्रतिनमुना तीन हजार आठ सय ९९ रुपैयाँ लिने बताएका छन् । यसमा स्वास्थ्य मन्त्रालयसमेत सकारात्मक देखिएको उनीहरूको विज्ञप्तिमा उल्लेख छ । सन्तुलित र न्यायोचित शुल्क निर्धारण नहुँदासम्म टीकाटिप्पणी नगर्न पनि सञ्चालकहरूले आग्रह गरेका छन् ।

यता राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आइतबारदेखि दुई हजारभन्दा बढी शुल्क लिने प्रयोगशाला बन्द गराउने निर्णय गरेको छ । मन्त्रीकै संरक्षणमा तीन हजार आठ सय ९९ रुपैयाँ लिने भनेर प्रयोगशाला सञ्चालकहरूले निर्णय गरेपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको भूमिका के हुने प्रश्न उब्जिएको छ । मन्त्रालयका एक अधिकारी भन्छन्, ‘स्वास्थ्य मन्त्रालयको मौन समर्थनमा शुल्क नघट्ने भएपछि केन्द्रीय प्रयोगशालाका कर्मचारीले कारबाही गर्ने क्षमता राख्ने छैनन् ।’

कोरोनाबाट पाँच महिनामा ४७७ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट पाँच महिनामा चार सय ७७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० जनाले ज्यान गुमाएका छन् । नेपालमा ४ जेठमा पहिलोपटक कोरोना संक्रमित एक सुत्केरीको मृत्यु भएको थियो ।
त्यस्तै, पछिल्लो २४ घन्टामा एक हजार पाँच सय ७३ जना नयाँ संक्रमित पुष्टि भएका छन् । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार सक्रिय संक्रमितको संख्या १९ हजार १९ पुगेको छ ।

उनीहरूमध्ये संस्थागत आइसोलेसनमा आठ हजार तीन सय २१ जना छन् भने होम आइसोलेसनमा १० हजार ६ सय ९८ जना छन् । निको भएर घर फर्कनेहरू ५३ हजार आठ सय ९८ छन् । मन्त्रालयका अनुसार आइसियूमा हाल दुई सय २५ जना रहेका छन् भने भेन्टिलेटरमा ३३ जना छन् ।
नयाँपत्रिका दैनिकबाट साभार

प्रकाशित मिति : २०७७, १२ आश्विन सोमबार  ६ : ३३ बजे

सिन्धुलीको कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था तनावग्रस्त

विश्वप्रकाश शर्माद्वारा आगामी निर्वाचन नलड्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय