२०८३, १२ आश्विन मंगलबार

काभ्रेमा ११ जनामा कोरोना संक्रमण पुष्टि संक्रमितको संख्या ४ सय ६९ पुग्यो

काभ्रेमा ११ जनामा कोरोना संक्रमण पुष्टि संक्रमितको संख्या ४ सय ६९ पुग्यो

३ सय १२ जना उपचारपछि घर फर्किएका छन्


धुलिखेल ५ असोज : काभ्रेमा आज ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार थपिएका संक्रमितहरुमा बनेपा नगरपालिकाका १ जना पुरुष, धुलिखेल नगरपालिकाका १ जना पुरुष र ३ जना महिला, नमोबुद्ध नगरपालिकाका १ जना पुरुष, पाँचखाल नगरपालिकाका २ जना पुरुष र भुम्लु गाउँपालिकाका ३ जना पुरुष रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले बताउनु भयो ।

डाक्टर झाका अनुसार काभ्रेमा संक्रमित हुनेहरुको संख्या ४ सय ६९ पुगेको छ । जसमा २ सय ८६ जना पुरुष र १८३ जना महिला रहेका छन् ।

यसैगरी सोमबारसम्ममा ३ सय १२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । सक्रिय संक्रमितको संख्या १ सय५३ रहेको छ । यसैगरी अस्पताल आईसुलेसनमा रहनेको संख्या ९४ जना छन् भने ६७ जना होमआईसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति : २०७७, ५ आश्विन सोमबार  १० : ३५ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय