२०८३, १५ बैशाख बुधबार

मण्डनदेउपुरको बाढी प्रभावित क्षेत्रमा सांसद हुमागाई र नगरप्रमुख वाइबाद्वारा अवलोकन

मण्डनदेउपुरको बाढी प्रभावित क्षेत्रमा सांसद हुमागाई र नगरप्रमुख वाइबाद्वारा अवलोकन


धुलिखेल, ३१ भदौँः बागमती प्रदेश सभाका सांसद बसुन्धरा हुमागाई र मण्डनदेउपुर नगरपालिका मेयर टोक बहादुर वाईबाले बाढीग्रस्त क्षेत्रको अवलोकन गर्नुभएको छ । सांसद र मेयरको टोलीले मण्डनदेउपुर नगरपालिकाको वडा नं ५ र ६ वाट बग्ने ढाँड खोलाको बाढीले पुर्याएको क्षतिको अवलोकन गर्नुभएको हो ।

वडा न ६ का वडा अध्यक्ष श्री डिल्लि प्रसाद आचार्य, वडा नं ८ का वडा अध्यक्ष झलक प्रसाद पौडेल, डिभिजन सिंचाई कार्यालयका प्रमुख अक्षर गोपाल श्रेष्ठ सहित क्षतिग्रस्त क्षेत्रमा पुगेको टोलीले जग्गा धनीहरुसँग पनि छलफल गरेको छ । क्षतिग्रस्त जमिनहरूमा प्राविधिक स्टमेट तयार गरि ढाँडखोलालाई व्यवस्थापन गर्ने नगर प्रमुख वाइबाले बताउनुभयो ।

त्यस्तै बाढीले क्षति पुर्याएको बाँध र कुलालाई मर्मत सुधार गर्न प्रविधिक ईस्टिमेट तयार गरि स्थानिय सरकार, प्रदेश सरकार र सिँचाई डिभिजन कार्यालयमासँग समन्वय र सहकार्य गरि वाढिवाट क्षेति भएका वांध कुलाहरूलाइ निर्माणगरि खेतियोग्य जमिनलाइ बाँजो रहन नदिने प्रदेश सांसद हुमागाईले बताउनुभयो ।

त्यस्तै मेयर र सांसदको टोलीले वडा नं ६ मा अविरल बर्षाले व्यवसायीक कुखुरा पालन कृषि फर्ममा पुर्याएको क्षतिको पनि स्थलगत अवलोकन गरेको छ । अविरल वर्षाले फर्म भत्किदाँ करिब ५ सय वटा कुखुरा मरेका थिए ।

प्रकाशित मिति : २०७७, ३१ भाद्र बुधबार  ९ : २३ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले