२०८२, १७ चैत्र बुधबार

धुलिखेलको वडा नम्बर ९, काभ्रेभञ्ज्याङ कोरोना भाइरसको ‘हट स्पोट’

धुलिखेलको वडा नम्बर ९, काभ्रेभञ्ज्याङ कोरोना भाइरसको ‘हट स्पोट’


धुलिखेल, ३० भदौँः धुलिखेल नगरपालिकाको वडा नम्बर ९ को काभ्रेभञ्ज्याङ क्षेत्र कोरोना भाइरसको ‘हट स्पोट’ बनेको छ । एकैपटक ठूलो संख्यामा कोरोना संक्रमण देखिएपछि नगरपालिकाले समुदाय स्तरमा ब्यापक स्वाब संकलन गरेको थियो ।

काभ्रेभञ्ज्याङमा नगरपालिकाले आइतबार १ सय जनाको स्वाब संकलन गरेको थियो । जसमा आज प्राप्त रिपोर्ट अनुसार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले जानकारी दिनुभयो । उहाँका अनुसार आज थपिएकामा ७ जना पुरुष र ६ जना महिला रहेका छन् ।

आज थपिएको सहित वडा नम्बर ९ मा मात्रै कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । जसमा २७ जना महिला र १८ जना पुरुष रहेको स्वास्थ्य शाखा प्रमुख केसीले बताउनुभयो । धुलिखेल नगरपालिकामा रहेका १२ वटा वडामध्ये २ नम्बर र १२ नम्बरमा हालसम्म एक जनामा पनि कोरोना भाइरसको सक्रमण देखिएको छैन । वडा नम्बर ७ मा १८ जनामा कोरोना संक्रमण देखिएको छ ।

धुलिखेल नगरपालिकाले हालसम्म १ हजार १४४ जनाको स्वाब संकलन गरेको छ । त्यसमा १ हजार १३० को परीक्षण भइसकेको बताइएको छ । धुलिखेलमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । ५३ जना महिला र ४४ जना पुरुष गरी जम्मा ९७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

यसअघि बनेपा नगरपालिकाको वडा नम्बर १३ प्रभावित बनेको थियो । उक्त वडामा १ सय जनाभन्दा बढीमा संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २०७७, ३० भाद्र मंगलबार  २ : ३५ बजे

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका