२०८२, २८ पुस सोमबार

काभ्रेका स्थानीय तहमा १५ शैयाको अस्पताल अझै निर्माण भएन, स्थानीयलाई शास्ती

काभ्रेका स्थानीय तहमा १५ शैयाको अस्पताल अझै निर्माण भएन, स्थानीयलाई शास्ती

निर्वाचनको घोषण पत्र र प्रतिबद्धता भुले जनप्रतिनिधिले


बनेपा २४ भदौ : काभ्रेका स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माण नभएपछि स्थानीयले सास्ती ब्यहोरेका छन्। जिल्लाका १३ वटै स्थानीय तह मध्ये केही जनप्रतिनिधिले निर्वाचनको बेला गरेको घोषण, प्रतिवद्धता र नेपाल सरकारले समेत निर्माण गरिने भनेको अस्पताल निर्माण नभएपछि स्थनीयले समस्या भोग्नु परेको हो ।

जिल्लाका केही स्थानीय तहले भने अस्पताल निर्माणको काम शुरु गरेका छन् । नेपाल सरकारले खटाउने निजामती कर्मचारी र स्थानीय तहको कार्यक्षेत्रका विषयमा समन्वय गर्न गठित केन्द्रीय व्यवस्थापन समन्वय समितिले सबै स्थानीय तहमा कम्तीमा १५ शैयायाको अस्पतालबाट स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन निर्देशन दिएसँगै जिल्लाका केही स्थानीय तहमा १५ शैयाको अस्पताल निमार्णको कामशुरु भएको हो ।

जिल्लाको पाँचखाल नगरपालिकाले हाल ५ शैयाको अस्पतालबाट स्थानीयलाई सेवाप्रवाह गरिरहेका छन् भने थप १० शैयाको अस्पताल संचालनको तयारी भैरहेको नगरप्रमुख महेश खरेलले बताउनु भयो । बेथान्चोक, खानीखोला र महाभारत गाउँपालिकाले भने अस्पताल निर्माण कार्य शुरु नगरेका छैनन् । मण्डनदेउपुर नगरपानलिकाले भने अस्पताल निमार्णको काम सुरु गरिसकेको नगरप्रमुख टोकबहादुर वाईवाले बताउनु भयो ।

भुम्लु गाउँपालिकाले पनि २ बर्ष भित्रमा अस्पताल निमार्ण गरी सक्ने अध्यक्ष गुमानध्वज कुँवरले जानकारी दिनुभयो । पनौती नगरपालिकाले भने यही आर्थिक बर्षमा अस्पताल निमार्णको काम सम्पन्न गर्ने प्रमुख भिमप्रसाद न्यौपानेले बताउनु भयो । जिल्लामा रहेका स्थानीय तहहले अस्पतला निर्माण नगरेपछि कोरोना रोकथाम नियन्त्रण र व्यवस्थापन गर्न समस्या भएको छ ।

प्रकाशित मिति : २०७७, २४ भाद्र बुधबार  ७ : १२ बजे

नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र

वाचा धेरै, उपलब्धि कम, बालेन साहको तीन वर्षे कार्यकाल असफल : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका

यी हुन् एमाले, कांग्रेस र नेकपाको बन्दसूचीबाट नाम फिर्ता लिने उम्मेदवार

काठमाडौं । प्रमुख राजनीतिक दलका समानुपातिकतर्फका बन्दसूची उम्मेदवारमध्ये सबैभन्दा बढी

ललितपुरमा बोरा भित्र शव : औंठी लुट्न ८३ वर्षीय वृद्धको निर्मम हत्या

काठमाडौं । ललितपुरमा तीन तोलाको सुनको औंठी लुट्ने उद्देश्यले ८३