२०८२, २१ माघ बुधबार

काभ्रेका स्थानीय तहमा १५ शैयाको अस्पताल अझै निर्माण भएन, स्थानीयलाई शास्ती

काभ्रेका स्थानीय तहमा १५ शैयाको अस्पताल अझै निर्माण भएन, स्थानीयलाई शास्ती

निर्वाचनको घोषण पत्र र प्रतिबद्धता भुले जनप्रतिनिधिले


बनेपा २४ भदौ : काभ्रेका स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माण नभएपछि स्थानीयले सास्ती ब्यहोरेका छन्। जिल्लाका १३ वटै स्थानीय तह मध्ये केही जनप्रतिनिधिले निर्वाचनको बेला गरेको घोषण, प्रतिवद्धता र नेपाल सरकारले समेत निर्माण गरिने भनेको अस्पताल निर्माण नभएपछि स्थनीयले समस्या भोग्नु परेको हो ।

जिल्लाका केही स्थानीय तहले भने अस्पताल निर्माणको काम शुरु गरेका छन् । नेपाल सरकारले खटाउने निजामती कर्मचारी र स्थानीय तहको कार्यक्षेत्रका विषयमा समन्वय गर्न गठित केन्द्रीय व्यवस्थापन समन्वय समितिले सबै स्थानीय तहमा कम्तीमा १५ शैयायाको अस्पतालबाट स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन निर्देशन दिएसँगै जिल्लाका केही स्थानीय तहमा १५ शैयाको अस्पताल निमार्णको कामशुरु भएको हो ।

जिल्लाको पाँचखाल नगरपालिकाले हाल ५ शैयाको अस्पतालबाट स्थानीयलाई सेवाप्रवाह गरिरहेका छन् भने थप १० शैयाको अस्पताल संचालनको तयारी भैरहेको नगरप्रमुख महेश खरेलले बताउनु भयो । बेथान्चोक, खानीखोला र महाभारत गाउँपालिकाले भने अस्पताल निर्माण कार्य शुरु नगरेका छैनन् । मण्डनदेउपुर नगरपानलिकाले भने अस्पताल निमार्णको काम सुरु गरिसकेको नगरप्रमुख टोकबहादुर वाईवाले बताउनु भयो ।

भुम्लु गाउँपालिकाले पनि २ बर्ष भित्रमा अस्पताल निमार्ण गरी सक्ने अध्यक्ष गुमानध्वज कुँवरले जानकारी दिनुभयो । पनौती नगरपालिकाले भने यही आर्थिक बर्षमा अस्पताल निमार्णको काम सम्पन्न गर्ने प्रमुख भिमप्रसाद न्यौपानेले बताउनु भयो । जिल्लामा रहेका स्थानीय तहहले अस्पतला निर्माण नगरेपछि कोरोना रोकथाम नियन्त्रण र व्यवस्थापन गर्न समस्या भएको छ ।

प्रकाशित मिति : २०७७, २४ भाद्र बुधबार  ७ : १२ बजे

काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ

काठमाडौं । इटालीमा रोजगारीका लागि पठाइदिने प्रलोभन देखाई बंगलादेशी नागरिकहरूलाई

हरिहरपुरगढी एमालेको ५ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटी

सिन्धुली: हरिहरपुरगढीमा निर्वाचन कार्यालय स्थापना सिन्धुली: नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटीको

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक