२०८३, ७ कार्तिक शनिबार

बिहान उठ्ने वित्तिकै बेसार पानी पिउनदा हुने फाईदाहरु

बिहान उठ्ने वित्तिकै बेसार पानी पिउनदा हुने फाईदाहरु


काठमाडौं १९ भदौ : प्रायजसो व्यक्तिले बिहान उठ्ने वित्तिकै मन तातो पानी पिउने गर्छन्। कसैले मन तातो पानीमा मह वा कागती मिसाएर पिउने गर्छन् भने कसैले नुन राखेर पिउने गरेका हुन्छन्। तर बिहान उठ्ने वित्तिकै खाली पेटमा मन तातो पिउनु स्वास्थ्यका लागि फाइदा नै हुन्छ ।

तर कमै मात्र व्यक्तिले मनतातो पानीमा बेसार राखेर पिउने गर्छन्।खासमा बेसारको फाइदाबारे जानकारी नहुँदा बेसार पानी नपिएको हुनसक्छ। बेसार एउटा यस्तो खान्की हो जसले खानालाई स्वादिलो मात्र बनाउँदैन जस्तोसुकै परिकारलाई पनि पहेलो रङमा बदलिदिन्छ।

हामीले परिकारसँग खाएको बेसारले पनि निकै फाइदा पुर्‍याइरहेको हुन्छ।यसमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता रहेको हुन्छ।अनुसन्धानका अनुसार नियमित बेसार खाने व्यक्तिलाई सानोतीनो रोगले सताउँदैन।

अकस्मात घाँटी दुखेमा वा शरीरमा दुखाइ भएमा बेसार पानी पिउँदा निकै राहत पुग्छ।यस्तो अवस्थामा बेसारले एउटा औषधीको काम गरेको हुन्छ। यस्तो शक्तिशाली खान्की बेसारले सौन्दर्य प्रसाधनको रुपमा पनि उत्तिकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ।छालाको समस्याका लागि बेसार अचुक अौषधि नै मानिन्।बेसनको पीठोमा बेसार र अलिकति मह मिसाएर अनुहारमा लगाउँदा अनुहारमा भएको दागधब्बा हटेर जान्छ।बेसारले उमेर नपुग्दै आउने चाउरीपनाबाट समेत बचाउँछ।

बेसारबाट हुने फाइदाहरु
१ बेसारमा करक्युमिन नामक रसाय रहेको हुन्छ। यसले सुन्निएको शरीरमा दुखाई कम गर्ने काम गर्छ।

२ बिहान उठ्ने वित्तिकै मन तातो पानीसँग बेसार मिलाएर खाएमा दिमाग तेज हुन्छ।

३ बेसारले एक शक्तिशाली एन्टीअक्सिडेन्टको रुपमा काम गर्छ।यसले क्यान्सर उत्पादन गर्ने कोशिकाहरुसँग लड्ने काम गर्छ।

४‍ बेसार मिसाएर पकाएको खाना पचाउन सजिलो हुन्छ।

५ नियमित बेसार पानी पिउँदा यसले रगत सफा गर्नुका साथै शरीरमा रगत जम्न दिँदैन।

६ शरीर दुखेको समयमा बेसार खाँदा यसमा रहेको करक्युमिन तत्वले दुखाइ कम गर्न ठूलो भूमिका खेल्छ।

७‍ नियमित बेसार पानी पिउँदा अनुहारमा आउने चाउरीपनाबाट बच्न सकिन्छ। यसले सयम नपुग्दै आउने चाउरीपनालाई रोक्ने काम गर्छ।

८ नियमित बेसार पानी पिउँदा मधुमेहको खतरा कम हुन्छ।

(एजेन्सीको सहयोगबाट)

प्रकाशित मिति : २०७७, १९ भाद्र शुक्रबार  ५ : ५७ बजे

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय