२०८३, १० भाद्र बिहीबार

काभ्रे दाप्चाकी रञ्जनाको हत्यापछि ११ बर्षीय छोराले खुलाएको नयाँ रहश्य (भिडियाे सहित)

काभ्रे दाप्चाकी रञ्जनाको हत्यापछि ११ बर्षीय छोराले खुलाएको नयाँ रहश्य (भिडियाे सहित)


धुलिखेल, १९ भदौँः बिहीबार विहानै भाँडा माझिरहेको ठाउँमा जेठाजु आए र बुहारी रञ्जना तिमिल्सिना अधिकारी माथि बञ्चरो प्रहार गरे । जेठाजुले प्रहार गरेको बञ्चरोबाट रञ्जना कहिल्यै नउठ्ने गरी ढलिन ।

जेठाजु सुर्दशन अधिकारीको बञ्चरो प्रहारबाट ३५ बर्षीय बुहारी रञ्जना तिमल्सिना अधिकारीको घटनास्थलमै मृत्यु भएको हो । घटनापछि प्रहरीले सुर्दशनलाई पक्राउ गरेको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानबाट घरायसी विवाद भनेको छ । बुहारीको हत्या लगत्तै सामाजिक सञ्जालमा समाजमा पुरुषको ज्यादतीलाई चित्रण गर्न खोजिएको छ ।

आफ्ना आमाको बञ्चरो प्रहारबाट हत्या भएपछि रञ्जनाका छोरा कुशल अधिकारीले घटनाको यथार्थ सार्वजनिक गरेका छन् । तीज देखि ललितपुर चापागाउँ स्थित मामा घरमै रहेका कुशलले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो आमाको हत्यामा संलग्नलाई फाँसीको माग गरेका छन् ।

अडियो सम्बादमा कुशलले यस्तो भनेका छन् :

कुशलले सामाजिक सञ्जालमा लेखेका छन् ‘मेरो बाबा र ठूलाबाले रक्सी खाएर ममिसँग पैसा माग्न आउनु हुन्थ्यो । बाबाले ममिलाई पिट्न आउनु हुन्थ्यो । मैले त्यसरी बाबा पिट्न आउँदा पिट्न दिदैँन थिए ।’

कुशलले थप लेखेलेका छन् म मामा घरमा हुदाँ मेरो ममिलाई मारे, मलाई र ममिलाई रिस उठ्यो भने काटेर हिड्छु भन्नु भएको थियो बाबा र ठूलोबाबाले ।’ हत्या भएकी रञ्जनालाई यसअघि पनि श्रीमान र जेठाजुले तनाब दिने गरेको कुशलको भनाईबाट प्रष्ट हुन्छ ।

प्रकाशित मिति : २०७७, १९ भाद्र शुक्रबार  १२ : ५४ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री