२०८३, ६ कार्तिक शुक्रबार

काभ्रे दाप्चाकी रञ्जनाको हत्यापछि ११ बर्षीय छोराले खुलाएको नयाँ रहश्य (भिडियाे सहित)

काभ्रे दाप्चाकी रञ्जनाको हत्यापछि ११ बर्षीय छोराले खुलाएको नयाँ रहश्य (भिडियाे सहित)


धुलिखेल, १९ भदौँः बिहीबार विहानै भाँडा माझिरहेको ठाउँमा जेठाजु आए र बुहारी रञ्जना तिमिल्सिना अधिकारी माथि बञ्चरो प्रहार गरे । जेठाजुले प्रहार गरेको बञ्चरोबाट रञ्जना कहिल्यै नउठ्ने गरी ढलिन ।

जेठाजु सुर्दशन अधिकारीको बञ्चरो प्रहारबाट ३५ बर्षीय बुहारी रञ्जना तिमल्सिना अधिकारीको घटनास्थलमै मृत्यु भएको हो । घटनापछि प्रहरीले सुर्दशनलाई पक्राउ गरेको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानबाट घरायसी विवाद भनेको छ । बुहारीको हत्या लगत्तै सामाजिक सञ्जालमा समाजमा पुरुषको ज्यादतीलाई चित्रण गर्न खोजिएको छ ।

आफ्ना आमाको बञ्चरो प्रहारबाट हत्या भएपछि रञ्जनाका छोरा कुशल अधिकारीले घटनाको यथार्थ सार्वजनिक गरेका छन् । तीज देखि ललितपुर चापागाउँ स्थित मामा घरमै रहेका कुशलले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो आमाको हत्यामा संलग्नलाई फाँसीको माग गरेका छन् ।

अडियो सम्बादमा कुशलले यस्तो भनेका छन् :

कुशलले सामाजिक सञ्जालमा लेखेका छन् ‘मेरो बाबा र ठूलाबाले रक्सी खाएर ममिसँग पैसा माग्न आउनु हुन्थ्यो । बाबाले ममिलाई पिट्न आउनु हुन्थ्यो । मैले त्यसरी बाबा पिट्न आउँदा पिट्न दिदैँन थिए ।’

कुशलले थप लेखेलेका छन् म मामा घरमा हुदाँ मेरो ममिलाई मारे, मलाई र ममिलाई रिस उठ्यो भने काटेर हिड्छु भन्नु भएको थियो बाबा र ठूलोबाबाले ।’ हत्या भएकी रञ्जनालाई यसअघि पनि श्रीमान र जेठाजुले तनाब दिने गरेको कुशलको भनाईबाट प्रष्ट हुन्छ ।

प्रकाशित मिति : २०७७, १९ भाद्र शुक्रबार  १२ : ५४ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा