२०८३, १५ बैशाख बुधबार

सिन्धुपाल्चोकको लिदी पहिरो पीडितलाई काभ्रेकाे मण्डनदेउपुर नगरपालिकाकाे साथ

सिन्धुपाल्चोकको लिदी पहिरो पीडितलाई काभ्रेकाे मण्डनदेउपुर नगरपालिकाकाे साथ


धुलिखेल, ८ भदाैः सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं २ लिदिका पहिरो पीडितलाई काभ्रेको सबैभन्दा कान्छो मण्डनदेउपुर नगरपालिकाले आर्थिक सहयोग गरेको छ । गएको साउन ३० गते विहान गाउँमाथिबाट खसेको पहिरोमा घरबार गुमाएका पीडितलाई आर्थिक सहयोग गर्न मेयर टोक बहादुर वाईबा वडाध्यक्षहरुलाई साथमा लिएर साेमबार जुगल गाउँपालिकाको कार्यालय बराम्ची पुग्नुभएको थियो ।

मण्डनदेउपुर नगरपालिकाले १ लाख ५१ हजार रुपैयाँ गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठलाई हस्तान्तरण गरेको हो । लिदी पहिरोमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नगरप्रमुख वाइबाले विपद्का बेला स्थानीय तहहरुबीच सहयोग र सहकार्य आवश्यक रहेको औल्याउनु भयो । ‘यो विपद्को बेला टुलुटुलु हेरी बस्ने भन्दा पनि एकले अर्को सहयोग गरेकै राम्रो हुन्छ, नगरप्रमुख वाइबाले भन्नुभयो स्थानीय तहहरुबीच हरेक काममा सहकार्य हुनुपर्छ ।’

यसैबीच चौतारा साँगाचोकगढी नगरपालिकाले पनि लिदीका पहिरो पीडितलाई दुई लाख रुपैयाँ सहयोग गरेको छ । रकम हस्तान्तण गर्न मेयर अमनसिंह तमाङ पनि गाउँपालिकाको कार्यालय पुग्नुभएको थियो । चौतारा साँगाचोकगढी नगरपालिकाले यसअघि बाह्रबिसे नगरपालिकालाई पनि आर्थिक सहयोग गरेको थियो ।

त्यस्तै मेलम्ची नगरपालिकाले पनि दुइ लाख रूपैयाँ सहयोग गरेको छ । सहयोग रकम हस्तान्तरण गर्न मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्याल पनि गाउँपालिकाको कार्यालयमै पुग्नु भएको थियो।

प्रकाशित मिति : २०७७, ८ भाद्र सोमबार  ८ : १५ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले