२०८२, १९ चैत्र शुक्रबार

धुलिखेलको प्रादेशिक प्रयोगशालामा कोरोना परीक्षण सुरु, परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ

धुलिखेलको प्रादेशिक प्रयोगशालामा कोरोना परीक्षण सुरु, परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ


धुलिखेल, ८ भदौः धुलिखेलको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा कोरोना भाइरसको परीक्षण गर्न सुरु गरिएको छ । आज ३२ जनाको परीक्षण गरिएको धुलिखेल नगरपालिकाका स्वास्थ्य प्रमुख सन्दिप केसीले जानकारी दिनुभयो ।

दैनिक एक हजार जनाकाे स्वाब परीक्षण गर्न सकिने प्रयाेगशालामा हिजो सन्जिवनी क्वारेन्टाइन र समुदायबाट संकलन गरिएकाे ३२ जनाको स्वाब पहिलो चरणमा परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख केसीले बताउनुभयाे । बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री युवराज दुलालले शनिबार प्रयोगशालाको उद्घाटन गर्नुभएको हो ।

प्रयोगशाला ब्यवस्थापन धुलिखेल नगरपालिकाले गरेको छ । प्रयोगशालामा सरकारी दरबन्दीका १३ र करारमा ९ जना कर्मचारीले काम गर्नेछन् । धुलिखेलको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र भक्तपुर जिल्लामा संकलन गरिएको स्वाब परीक्षण गरिनेछ ।

प्रकाशित मिति : २०७७, ८ भाद्र सोमबार  ६ : ३४ बजे

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक आकस्मिक रूपमा बस्न

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले

एमालेको आक्रामक प्रस्तुति : ओली-लेखक पक्राउ ‘संविधानविपरीत’ तत्काल रिहाइको माग

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारविरुद्ध