२०८२, २५ भाद्र बुधबार

धुलिखेलको प्रादेशिक प्रयोगशालामा कोरोना परीक्षण सुरु, परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ

धुलिखेलको प्रादेशिक प्रयोगशालामा कोरोना परीक्षण सुरु, परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ


धुलिखेल, ८ भदौः धुलिखेलको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा कोरोना भाइरसको परीक्षण गर्न सुरु गरिएको छ । आज ३२ जनाको परीक्षण गरिएको धुलिखेल नगरपालिकाका स्वास्थ्य प्रमुख सन्दिप केसीले जानकारी दिनुभयो ।

दैनिक एक हजार जनाकाे स्वाब परीक्षण गर्न सकिने प्रयाेगशालामा हिजो सन्जिवनी क्वारेन्टाइन र समुदायबाट संकलन गरिएकाे ३२ जनाको स्वाब पहिलो चरणमा परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख केसीले बताउनुभयाे । बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री युवराज दुलालले शनिबार प्रयोगशालाको उद्घाटन गर्नुभएको हो ।

प्रयोगशाला ब्यवस्थापन धुलिखेल नगरपालिकाले गरेको छ । प्रयोगशालामा सरकारी दरबन्दीका १३ र करारमा ९ जना कर्मचारीले काम गर्नेछन् । धुलिखेलको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र भक्तपुर जिल्लामा संकलन गरिएको स्वाब परीक्षण गरिनेछ ।

प्रकाशित मिति : २०७७, ८ भाद्र सोमबार  ६ : ३४ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा