२०८३, ६ कार्तिक शुक्रबार

काभ्रेको रोशीमा वृद्धमाथि सांघातिक आक्रमण

काभ्रेको रोशीमा वृद्धमाथि सांघातिक आक्रमण


धुलिखेलः काभ्रे रोशी गाउँपालिका वडा नम्बर ३ सिखरमा ८० वर्षीय वृद्ध पञ्चवीर लामामाथि सांघातिक आक्रमण भएको छ । शनिबार बिहान भएको स्थानीय श्याम लामा, प्रेम लामा र पोते लामाले बृद्धमाथि आक्रमण गरेको बताइएको छ ।

आक्रमणबाट पञ्जवीरको टाउकोमा गम्भीर चोट लागेको छ । साथै पञ्जवीरका छोरा कान्छा लामा, बुहारी लप्साङ् लामा, कान्छीमाया र पासाङ् लामालाई समेत श्याम लामाको समूहले कुटपिट गरि घाइते बनाएको कान्छा छोरा पञ्च लामाले जानकारी दिनुभयो ।

घाइते पञ्चवीरलाई नर्भिक अस्पताल थापाथलीमा उपचारको लागि भर्ना गरिएको छ। घटनामा संलग्नहरु मध्ये श्याम लामालाई प्रहरीले पक्राउ गरेको छ भने अरुको खोजि भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिनुभयो। कुटपिटमा संलग्नहरुलाई कारवाही गर्न माग गर्दै छोरा पञ्च लामाले प्रहरीमा उजुरी दर्ता गराएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।

पीडित पञ्चवीरको छोरा पञ्च लामाले आक्रमण हुनुपर्ने कुनै कारण नभएको तर श्यामको समूहले पटकपटक धम्की दिने गाउँमा गुण्डागर्दी गर्दै अनावश्यक दुःख दिने गरेको बताउनुभयो ।

प्रकाशित मिति : २०७७, ७ भाद्र आईतबार  ७ : ४२ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा