धुलिखेल, ६ भदौँः काभ्रेमा आइसोलेसन वेडको संख्या एक सय पुगेको छ । जिल्ला कमाण्डका अनुसार बनेपा नगरपालिकाले ५० वेडको आइसोलेसन सञ्चालनमा ल्याएको छ । यसअघि ५० वेडको आइसोलेसनमा सञ्चालनमा थियो ।
धुलिखेल नगरपालिकामा ३१, पाँचखालमा ७, नमोबुद्धमा ६ र पनौतीमा ६ वेडको आइसोलेसन वेड रहेको छ । जिल्लामा क्वारेन्टाइन वेड संख्या भने ८ सय ४५ रहेको छ । काभ्रेमा कोरोना भाइरस संक्रमितको संख्या १०४ पुगेको छ । संक्रमित मध्ये ४३ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
५९ जना ब्यक्ति सरकारी आइसोलेसन र होम आइसोलेसनमा बसिरहेका छन् । जिल्लामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।








प्रतिक्रिया