धुलिखेल, ५ भदाैः बनेपा नगरपालिकाले ४० वेडको आइसोलेसन सञ्चालनमा ल्याएको छ । नगरपालिकाका स्वास्थ्य संयोजक सत्यश्वर मकै श्रेष्ठका अनुसार बनेपा पोलिटेक्निक इन्सिच्यूटमा ४० वेडको आइसोलेसन सञ्चालनमा आएको हो ।
नगरपालिकाले १० थप वेड थपेर ५० वेडको आइसोलेसन सञ्चालन गर्ने तयारी गरिरहेको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दैँ जाँदा आइसोलेसन वेडको चरम अभाव भइरहेको छ । तर जिल्ला कमाण्ड पोष्टले भने आइसोलेसन सञ्चालन बारे अनविज्ञता प्रकट गरेको छ । बनेपामा हिजोदेखि नै आइसोलेसन सञ्चालन भएपनि कमाण्ड पोष्टले आफ्नो विवरणमा अध्यावधिक गरेको छैन् । शुक्रबार कमाण्ड पोष्टका फोकल पर्सन स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले सार्वजनिक गरेको विवरणमा पनि अध्यावधिक नभएपछि बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकारी कबिराज उप्रेतीले डाक्टर झाले राखेको विवरणमा प्रतिक्रिया जनाएका छन् ।

आइसोलेसन वेड नहुदाँ कोरोना संक्रमित घरमै बस्न थालेका छन् । सरकारले घरमै आइसोलेसन बस्न सक्ने कार्यविधि पारित गरेपनि संक्रमित ब्यक्ति अनुशासित नहुने हो भने थप समस्या जटिल बन्ने जनस्वास्थ्यका जानकारले बताउने गरेका छन् । घरकै आइसोलेसनमा बस्ने हो भने संक्रमित ब्यक्तिलाई छुट्टै कोठा र छुट्टै शौचालयको ब्यवस्थापन गर्नुपर्ने हुन्छ ।
तर घरमै बस्दा परिवारका सदस्यले पनि उत्तिकै ख्याल गर्नुपर्ने हुन्छ । संक्रमितको नजिक नजाने, पकाएका खानेकुरा टाढै राखिने, मास्क अनिवार्य लगाउने, परिवारका सदस्य पनि १४ दिनसम्म बाहिरी मान्छेको सम्पर्कमा नजाने हो भने घरकै आइसोलेसन पनि सुरक्षित हुने जनस्वास्थ्य विद्हरुको भनाई छ ।








प्रतिक्रिया