२०८३, ९ कार्तिक सोमबार

बनेपा पहिरोमा पुरिनु भएकी बजगाईको अवस्था अझै पत्ता लागेन

बनेपा पहिरोमा पुरिनु भएकी बजगाईको अवस्था अझै पत्ता लागेन


धुलिखेल, ६ भदौः हिजो काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ३ तीनघरेको पहिरोमा हिजो बेपत्ता महिलाको अवस्था अझै पत्ता लाग्ने सकेको छैन् । घाँस काट्दै गर्दा माथिबाट खसेको पहिरोमा स्थानीय मैयाँ बजगाई बेपत्ता हुनुभएको थियो ।

आज बिहानै देखि तालिम प्राप्त कुकुरको साहायतामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बेपत्ता महिलाको खोजीमा खटिएका छन् । ५२ बर्षीय बजगाई नाति, बुहारी र छिमेकी हरिमाया दाहालसँगै घाँस काट्न जानुभएको थियो । नाति र बुहारीलाई माथि नै छाडेर केहि तल दाहालसँग घाँस काट्न जानु भएका बजगाईलाई पहिरोले पुरेको हो ।

दाहाल र बजगाई पनि छुट्टा छुट्टै ठाउँमा घाँस काट्दै हुनुहुन्थ्यो । पहिरो जानुअघि केहि ठूलो आवाज आएको थियो । आवाज आएपछि बजगाई दाहाल भएको तिर आउन खोज्दा पहिरोमा पुरिएको प्रत्यक्ष दर्शी हरिमाया दाहालको भनाई उदृत गर्दै वडाध्यक्ष कृष्ण प्रसाद दाहालले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, ५ भाद्र शुक्रबार  ४ : ३७ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि