धुलिखेल, ६ भदौः हिजो काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ३ तीनघरेको पहिरोमा हिजो बेपत्ता महिलाको अवस्था अझै पत्ता लाग्ने सकेको छैन् । घाँस काट्दै गर्दा माथिबाट खसेको पहिरोमा स्थानीय मैयाँ बजगाई बेपत्ता हुनुभएको थियो ।
आज बिहानै देखि तालिम प्राप्त कुकुरको साहायतामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बेपत्ता महिलाको खोजीमा खटिएका छन् । ५२ बर्षीय बजगाई नाति, बुहारी र छिमेकी हरिमाया दाहालसँगै घाँस काट्न जानुभएको थियो । नाति र बुहारीलाई माथि नै छाडेर केहि तल दाहालसँग घाँस काट्न जानु भएका बजगाईलाई पहिरोले पुरेको हो ।
दाहाल र बजगाई पनि छुट्टा छुट्टै ठाउँमा घाँस काट्दै हुनुहुन्थ्यो । पहिरो जानुअघि केहि ठूलो आवाज आएको थियो । आवाज आएपछि बजगाई दाहाल भएको तिर आउन खोज्दा पहिरोमा पुरिएको प्रत्यक्ष दर्शी हरिमाया दाहालको भनाई उदृत गर्दै वडाध्यक्ष कृष्ण प्रसाद दाहालले बताउनुभयो ।








प्रतिक्रिया