२०८३, १५ बैशाख बुधबार

धुलिखेलका कोरोना संक्रमित बृद्धको मृत्यु

धुलिखेलका कोरोना संक्रमित बृद्धको मृत्यु


धुलिखेल, २ भदौः धुलिखेलका कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा उपचार गराइरहनुभएका धुलिखेल वडा नम्बर ७ का बृद्धको मृत्यु भएको हो ।

९८ बर्षीय बृद्धको अस्पतालमा मृत्यु भएको वडा नम्बर ७ का वडाध्यक्ष रोमी प्रसाद ब्याञ्जु जानकारी दिनुभयो । पिसाब बन्द भएपछि उपचारका लागि धुलिखेल अस्पताल पुग्नुभएको बृद्धमा कोरोना संक्रमण पुष्टि भएको थियो । प्लाज्मा थेरापी विधि मार्फत उपचार गर्ने तयारी भइरहेका बेला बृद्धको मृत्यु भएको हो ।

मृतक साउन २६ गते धुलिखेल अस्पताल भर्ना हुनुभएकाे थियाे । वृद्धको रोग प्रतिरोधक क्षमता कमजोर बताइएकाे छ । रोग प्रतिरोधक क्षमता कमजोर रहेकाहरूको लागि तत्काल प्लाज्मा थेरापीबाट उपचार गर्नुपर्ने डाक्टरको सुझाव थियो। तर, आवश्यक पर्ने रगत अभावका कारण उनको समयमै उपचार हुन नसकेको बताइएकाे छ ।

बाहिर नजाने गरेका उनीसँग छोराबुहारी रेखदेख र सम्पर्कमा थिए। ती दुवै जनाको पिसिआर पोजेटिभ देखिएको छ। दुवै बानेश्वरको घरमै आइसोलेसनमा बसेका छन्। यी वृद्धको परिवारमा १२ जना छन्। तीमध्ये दुई जना संक्रमित देखिएका छन्। ९ जनाको पिसिआर नेगेटिभ आएको छ भने एक जनाको रिपोर्ट आइनसकेको बताइएकाे छ ।

योसँगै काभ्रेमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि पाँचखाल नगरपालिका वडा नम्बर १ का ५० बर्षीय एक महिलाको पनि कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो । जिल्लामा काेराेना संक्रमितकाे संख्या ८० पुगेकाे छ ।

प्रकाशित मिति : २०७७, २ भाद्र मंगलबार  ७ : ४३ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले