२०८३, १४ बैशाख मंगलबार

चौरीदेउराली गापा ६ का वडाध्यक्ष चौलागाईले भने ‘सामाजिक सुरक्षा भत्तामा गलत प्रचार गरियो’

चौरीदेउराली गापा ६ का वडाध्यक्ष चौलागाईले भने ‘सामाजिक सुरक्षा भत्तामा गलत प्रचार गरियो’


धुलिखेल, ३२ साउनः काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नम्बर ६ वडाध्यक्ष रेश्म चौलागाईले सामाजिक सुरक्षा भत्ताका बिषयमा गलत ढंगले प्रचार भएको बताउनुभएको छ । वडा सचिव अनिल गिरीले मृत्यु भइसकेका ब्यक्तिको नाममा आएको रकम फिर्ता गरेको भन्दै सामाजिक सञ्जालमा प्रचार गरिएको थियो ।

दुई दिनअघि नेपाल सरकारका पूर्व सचिव भिम उपाध्यायले आफ्नो फेसबुक अकाण्टमा वडा सचिव गिरीको तस्बिर राखेर सहि काम गरेको भन्दै धन्यवाद दिनुभएको थियो । उपाध्यक्षले फेसबुकमा पूर्व वडासचिवहरुले अघिल्ला वर्षहरुमा सामाजिक सुरक्षाबापत मृत ब्यक्तिको नामको भत्ता आफैले बुझेर अपचलन गरेको सरकारी रकम १ लाख ७३ हजार २ सय रुपैयाँ हालै फिर्ता गराएर अपचलन हुनबाट जोगाएका छन्, । धन्यवाद अनिल जी ।’ लेख्नुभएको छ ।

तर वडाध्यक्ष चौलागाईले मृतक ब्यक्तिको नाममा कुनै पनि रकम नआएको दाबी गर्नुभयो । उहाँले १ लाख ७३ हजार २ सय रुपैयाँ कतिजना मृतक ब्यक्तिको नाममा आएको हो र कुन कुन ब्यक्तिको फिर्ता पठाइएको हो उक्त विवरण सार्वजनिक गर्न चुनौती दिनुभयो छ । वडाध्यक्ष चौलागाईले पनि फेसबुकमै यस्तो लेख्नुभएको छ । ‘बिगत झै आफ्नो कारणले भत्ता बुझ्न आउन नसक्नु भएका बृद्ध बुवा आमाहरुको भत्ता बापतको रकम फिर्ता पठाइएको र पुनः भत्ता आउँदा समाबेश भएर आउने कुरा जानकारी जनाउँ छु ।’

वडाध्यक्ष चौलागाईले सामाजिक सञ्जालमा गलत कुरा पोस्ट गरि वडालाइ बद्नाम गर्ने काम भएको आरोप समेत लगाउनुभयो । उहााले गलत प्रचार गर्ने जो कसैलाई पनि कार्बाहिको दायरामा ल्याउन गाउँपालिकाको ध्यान आकर्षण समेत गराउनुभएको छ ।

प्रकाशित मिति : २०७७, ३२ श्रावण आईतबार  १ : १७ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले