२०८३, ७ कार्तिक शनिबार

काभ्रेको पाँचखालमा ‘स्वः घोषित कर्फ्यू’ कता हरायो ?

काभ्रेको पाँचखालमा ‘स्वः घोषित कर्फ्यू’ कता हरायो ?


धुलिखेल, ३२ साउनः २०७६ चैतको दोस्रो साता सरकारले लकडाउन गर्दा कोरोना संक्रमणको दर निकै कम थियो । अझ भन्ने हो भने काभ्रेमा एक जनामा पनि संक्रमण देखिएका थिएन् त्यो बेला । त्यत्ति बेला भने पाँचखाल नगरपालिकामा ‘स्वःघोषित कर्फ्यू’ लागु भयो ।

आफ्नो लागि आफैले लगाएको यो कर्फ्यू निकै प्रभावकारी समेत भएको थियो । जनताले पालना समेत गरे । त्यसको केहि दिनपछि मेयर महेश खरेल आफै अटेर गर्ने खुद्रा पसल, होटल ब्यवसाय देखि भट्टी पसलसम्म बन्द गराउन अघि पछि सुरक्षाकर्मी लिएर हिड्नुभयो ।

तर पछिल्लो समय भने न त स्वः घोषित कर्फ्यू छ, न त मेयरको उपस्थिति र सहभागिता नै बलियो देखिन्छ । काभ्रे जिल्लामा कोरोना संक्रमणबाट पहिलो ब्यक्तिको मृत्यु भएको पाँचखाल नगरपालिकामा पछिल्लो समय कोरोना नियन्त्रणमा ठोस पहल नभएको भन्दै स्थानीयहरुले चिन्ता ब्यक्त गरेका छन् ।

पहिलो चरणको जस्तो नगरपालिकाले खास चासो नदिएको उनीहरुको भनाई छ । चैतमा पहिलो पटक लकडाउन हुदाँ पाँचखालका खेतबारीमा तरकारी थियो । अहिले अधिकांशमा धान रोपिएको छ । त्यो बेला किसानलाई तरकारी बजारसम्म पुर्याउन निकै हम्मेहम्मे पर्यो । मेयर खरेल किसानको खेतबारीमै पुगेर समस्या बुझे । तर यतिबेलाको परिस्थिति अलिक फरक छ । किसानलाई तरकारी बिक्री नहोलाकी भन्न चिन्ता छैन् ।

तर पनि पाँचखालमा पछिल्लो समय नगरपालिकाले कोरोना नियन्त्रणका लागि खास पहल नगरेको स्थानीयको बुझाई छ । किन भने लकडाउन खुकुलो भएसँगै तराई र कोरोना बढी प्रभावित जिल्लाबाट पाँचखालमा काम गर्न आउनेको संख्या ह्वात्तै बढेको छ । उनीहरु बिना स्वास्थ्य परीक्षण नै काममा सहभागि छन् । जसले समुदाय स्तरमा कोरोना भाइरस फैलाउन मद्दत पुग्नेछ ।

नगरपालिकाले आज देखि भदौ ६ गतेसम्म आफ्नो सबै सेवा बन्द रहने जनाएको छ । अत्यावशयक बाहेकका सबै सेवा बन्द रहने प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर भण्डारीले जारी गरेको सूचनामा भनिएको छ ।

प्रकाशित मिति : २०७७, ३२ श्रावण आईतबार  ९ : २४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना