२०८३, १२ आश्विन मंगलबार

काभ्रेको पाँचखालमा ‘स्वः घोषित कर्फ्यू’ कता हरायो ?

काभ्रेको पाँचखालमा ‘स्वः घोषित कर्फ्यू’ कता हरायो ?


धुलिखेल, ३२ साउनः २०७६ चैतको दोस्रो साता सरकारले लकडाउन गर्दा कोरोना संक्रमणको दर निकै कम थियो । अझ भन्ने हो भने काभ्रेमा एक जनामा पनि संक्रमण देखिएका थिएन् त्यो बेला । त्यत्ति बेला भने पाँचखाल नगरपालिकामा ‘स्वःघोषित कर्फ्यू’ लागु भयो ।

आफ्नो लागि आफैले लगाएको यो कर्फ्यू निकै प्रभावकारी समेत भएको थियो । जनताले पालना समेत गरे । त्यसको केहि दिनपछि मेयर महेश खरेल आफै अटेर गर्ने खुद्रा पसल, होटल ब्यवसाय देखि भट्टी पसलसम्म बन्द गराउन अघि पछि सुरक्षाकर्मी लिएर हिड्नुभयो ।

तर पछिल्लो समय भने न त स्वः घोषित कर्फ्यू छ, न त मेयरको उपस्थिति र सहभागिता नै बलियो देखिन्छ । काभ्रे जिल्लामा कोरोना संक्रमणबाट पहिलो ब्यक्तिको मृत्यु भएको पाँचखाल नगरपालिकामा पछिल्लो समय कोरोना नियन्त्रणमा ठोस पहल नभएको भन्दै स्थानीयहरुले चिन्ता ब्यक्त गरेका छन् ।

पहिलो चरणको जस्तो नगरपालिकाले खास चासो नदिएको उनीहरुको भनाई छ । चैतमा पहिलो पटक लकडाउन हुदाँ पाँचखालका खेतबारीमा तरकारी थियो । अहिले अधिकांशमा धान रोपिएको छ । त्यो बेला किसानलाई तरकारी बजारसम्म पुर्याउन निकै हम्मेहम्मे पर्यो । मेयर खरेल किसानको खेतबारीमै पुगेर समस्या बुझे । तर यतिबेलाको परिस्थिति अलिक फरक छ । किसानलाई तरकारी बिक्री नहोलाकी भन्न चिन्ता छैन् ।

तर पनि पाँचखालमा पछिल्लो समय नगरपालिकाले कोरोना नियन्त्रणका लागि खास पहल नगरेको स्थानीयको बुझाई छ । किन भने लकडाउन खुकुलो भएसँगै तराई र कोरोना बढी प्रभावित जिल्लाबाट पाँचखालमा काम गर्न आउनेको संख्या ह्वात्तै बढेको छ । उनीहरु बिना स्वास्थ्य परीक्षण नै काममा सहभागि छन् । जसले समुदाय स्तरमा कोरोना भाइरस फैलाउन मद्दत पुग्नेछ ।

नगरपालिकाले आज देखि भदौ ६ गतेसम्म आफ्नो सबै सेवा बन्द रहने जनाएको छ । अत्यावशयक बाहेकका सबै सेवा बन्द रहने प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर भण्डारीले जारी गरेको सूचनामा भनिएको छ ।

प्रकाशित मिति : २०७७, ३२ श्रावण आईतबार  ९ : २४ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय