२०८२, १० कार्तिक आईतबार

काभ्रेमा कोरोना नियन्त्रयण गर्न डिसीसीएमसी असफल, आइसोलेसन वेडको चरम अभाव

काभ्रेमा कोरोना नियन्त्रयण गर्न डिसीसीएमसी असफल, आइसोलेसन वेडको चरम अभाव


धुलिखेल, ३२ साउनः काभ्रेमा लगभग कोरोना भाइरसको संक्रमण निणन्त्रण बाहिर जाने खतरा बढेको छ । लकडाउन खुकुलो भएसँगै जिल्लामा संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । तर नियमन कारी निकायले आफ्नो उपस्थिति जनाउन सकेको छैन । संक्रमितको संख्या थपिएसँगै सरकारी आइसोलेसन वेडको चरम अभाव हुन थालेको छ ।

स्रोत नखुलेका संक्रमित फेला पर्न थालेसँगै कोरोना भाइरस समुदायमा प्रवेश गरेको पुष्टि भइसकेको छ । तर जिल्लामा आइसोलेसन वेड थप गर्ने मामिलामा जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र (डिसीसीएमसी) लगभग असफल जस्तै भएको छ । डिसीसीएमसीले पटक पटक जिल्लामा ओइसोलसन वेड थप्ने गर्ने निर्णय गरेका छ । तर कार्यान्वयनमा भने निकै फितलो देखिएको छ । दुई ठूलो अस्पताल रहेको जिल्लामा मुस्किलले ३९ वेड मात्रै आइसोलेसन छन् ।

जिल्लामा पछिल्लो २४ घण्टासम्म आइपुग्दा ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ । एक जनाको मृत्यु भएको छ । संक्रमित मध्ये ३० जना उपचारपछि निको भएर घर फर्किएका छन् । ४१ जना आइसोलेसनमा छन् । तर जिल्लामा ३९ वेडको मात्रै सरकारी आइसोलेसन वेड छ । जिल्ला कमाण्ड पोष्टले दैनिक उपलब्ध गराउने विवरण अनुसार ४ जना होम आइसोलेसनमा बस्न थालेका छन् ।

हुन त सरकारले नै होम आइसोलेसनमा बस्न सक्ने गरी कार्यविधि पारित गरेर कार्यान्वयनमा ल्याएको छ । तर डिसीसीएमसीले आइसोलेसन थप गर्ने निर्णय पटक पटक गरिरहने र कार्यान्वयन नगर्दा जोखिमको सम्भवाना भने थप बढेको छ । हाल धुलिखेल अस्पतालमा १५ वेड, बनेपामा ५, पाँचखालमा ७, नमोबुद्धमा ६ र पनौतीमा ६ वटा आइसोलेसन बेड रहेको छ ।

धुलिखेल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले होम क्वारेन्टाइनमा बस्ने ब्यक्तिमा इमान्दारिताको आवश्यकता रहेको बताउनुभयो । ‘होम क्वारेन्टाइनमा बस्ने भनेको अन्तिम विकल्प हो, उहाँले भन्नुभयो ‘संक्रमितको संख्या बढ्दै जादाँ अस्पतालले थेक्न सक्दैन, त्यसैले होम क्वारेन्टाइनमा बस्दा परिवार र ब्यक्ति आफै सबैभन्दा बढी सचेत र सजग हुन आवश्यक छ ।’

प्रकाशित मिति : २०७७, ३२ श्रावण आईतबार  ८ : ११ बजे

खगेन्द्र सुनारविरुद्ध पक्राउ पुर्जी जारी, प्रहरी कारबाही गर्ने तयारीमा

काठमाडौं । विभिन्न फौजदारी मुद्दामा खगेन्द्र सुनारविरुद्ध पक्राउ पुर्जी जारी

जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं। जेन-जी आन्दोलनका क्रममा भएको दमन र त्यसपछिका आगजनी घटनाबारे

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति

जोमसोममा पर्यटकको भीड ‘हिमालयको मरुभूमि’ हेर्न आन्तरिक तथा बाह्य पर्यटक आकर्षित (फोटोफिचर)

मुस्ताङ । हिमालपारिको जिल्ला भनेर परिचित मुस्ताङको सदरमुकाम जोमसोम यतिबेला

विश्वकप लिग-२ : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको पहिलो