धुलिखेल, ३० साउनः काभ्रेको पाँचखालन नगरपालिकामा कोरोना संक्रमणबाट मृत्यु भएको परिवारमा कोरोना नदेखिएको पुष्टि भएको छ । पाँचखाल नगरपालिकाका स्वास्थ्य संयोजक उज्जव अधिकारीले मृतक परिवारमा गरिएको परीक्षणमा कोरोना भाइरस नदेखिएको बताउनुभयो ।
मृतकको घरपरिवार र उहाँसँगको सम्पर्कमा आउने १५ जनाको स्वाब संकलन गरि गरीक्षण गरिएको थियो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । त्यस्तै मृतकको पहिलो उपचार गराइएको प्राथमिक स्वास्थ्य केन्द्र पाँचखालका १७ जना स्वास्थ्य कर्मी पनि स्वाब परीक्षण गरिएको थियो । त्यस मध्ये एक जनाको मात्रै रिपोर्ट आउने बाँकी रहेको स्वास्थ्य संयोजक अधिकारीले बताउनुभयो ।
पाँचखाल नगरपालिका वडा नम्बर १ का ५० बर्षीय महिलाको उपचारको क्रममा साउन २६ गते साेमबार अस्पतालमा मृत्यु भएको थियो । काभ्रे जिल्लामा हालसम्म ७१ जनामा कोरोना संक्रमण देखिएको छ ।








प्रतिक्रिया