२०८३, ६ कार्तिक शुक्रबार

भुम्लु गाउँपालिका र मण्डनदेउपुर नगरपालिका शिल

भुम्लु गाउँपालिका र मण्डनदेउपुर नगरपालिका शिल


धुलिखेल, ३० साउनः कोरोना संक्रमित भेटिएसँगै जिल्लाको दुई वटा स्थानीय तहले आफ्नो क्षेत्रलाई शिल गरेका छन् । जिल्लाको मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकाले आफ्नो क्षेत्रभित्र अत्यावश्यक सेवा बाहेकका सबै क्षेत्रमा बन्देज लगाएका छन् ।

यी दुई स्थानीय तहले छुट्टा छुट्टै सूचना जारी गर्दै अवस्था सामान्य नबन्दासम्म बाहिरी मान्छेको आवातजावात रोकेका छन् । त्यस्तै सवारी साधान र पसल, होटल ब्यवसाय खोल्न पाइनेछैन् । मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोक बहादुर वाइबाले कुनै पनि किसिमको भिडभाड नगर्न नगरबासीलाई आग्रह गर्नुभएको छ ।

नगरपालिकाले सिपाघाट इन्द्रावती पुल, सिमाघाट मेलम्ची सडक, जिरोकिला, नगरकोट टावर, भट्टेडाँडा, कौशीभञ्ज्याङ, कात्तिके, दोलालघाट लगायतका नगरपालिकाभित्र प्रवेश गर्ने सबै नाका बन्द गरेको छ । त्यस्तै पालिकाले सार्वजनिक तथा नीजि सवारी साधन सञ्चालनमा रोक लगाएको भने मानिसहरुको आवातजावातमा समेत रोक लगाइएको नगरप्रमुख वाइबाले बताउनुभयो ।

भुम्लु गाउँपालिकाले पनि औषधि जस्ता अत्यावश्यक बाहेक अन्य सबै सेवा भोलीदेखि बन्द गर्ने निर्णय गरेको छ । सबै वडा कार्यालय, बैंक तथा वित्तिय संस्थाहरुमा पनि बन्द हुनेछन् । गाउँपालिकाले आफ्नो घरबाट बाहिर ननिस्कन, अनावश्यक भेला हुने, जमघट गर्ने जस्ता कार्य नगर्न भनेको छ ।

प्रकाशित मिति : २०७७, ३० श्रावण शुक्रबार  ५ : २८ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा