२०८२, १० मंसिर बुधबार

मण्डनदेउपुर नगरपालिकाले भन्यो ‘इमान्दारीपूर्वक पीसीआर गराउनोस्’

मण्डनदेउपुर नगरपालिकाले भन्यो ‘इमान्दारीपूर्वक पीसीआर गराउनोस्’


धुलिखेल, २९ साउनः काभ्रेको मण्डनदेउपुर नगरपालिकाले संक्रमितको सम्पर्कमा रहेको सबैलाई पीसीआर गराउन सम्पर्कमा आउने आग्रह गरेको छ । नगरपालिकाले कोरोना संक्रमित वडा नम्बर १२ का वडाध्यक्षको सम्पर्कमा एकहप्ताभित्र पुगेको सबै ब्यक्तिहरुलाई इमान्दारीपूर्वक आफ्नो नाम, थर, ठेगाना र सम्पर्कको ब्यहोरा सहित सीआईसीटीटीको सम्पर्कमा आउने भनेको छ ।

त्यस्तै नगरपालिकाले वडा नम्बर ५ चापाबोट टोलमा समेत संक्रमण देखिएपछि वडा नम्बर ५ र ६ मा सिल गरिएको छ । नगरपालिकाले चापाबोट क्षेत्रमा बाहिर कुनै पनि मान्छेलाई नआइदिन आग्रह गरेको छ । घर बाहिर अत्यावश्यक काम परे वडाका वडाध्यक्ष र स्वास्थ्य संस्थामा सम्पर्क गर्न नगरपालिकाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७७, २९ श्रावण बिहीबार  ७ : ३२ बजे

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री

आगामी निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा ‘सूर्य’, नयाँ दलहरू ‘फर्स्ट कम फर्स्ट’ आधारम

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

सिंहदरबार प्रवेशमा रोक : जेन–जी समूह प्रधानमन्त्रीसँग भेट्न नसक्दा नाराबाजी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन आज पनि

लुटिएको प्रहरी हतियारसहित तीन जना इलाममा पक्राउ

विराटनगर । काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट भदौ २४ गते

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा