२०८२, ११ फाल्गुन सोमबार

मण्डनदेउपुर नगरपालिकाका संक्रमित वडाध्यक्ष बैठकमा सहभागि भएका थिएनन्

मण्डनदेउपुर नगरपालिकाका संक्रमित वडाध्यक्ष बैठकमा सहभागि भएका थिएनन्


धुलिखेल, २९ साउनः कोरोना संक्रमित मण्डनदेउपुर नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष साउन १८ गतेदेखि नगरपालिकाको कुनै पनि बैठक र सभाहरुमा सहभागि नभएको पाइएको छ । संक्रमित वडाध्यक्षले १८ गतेदेखि नगरपालिकाले आयोजना गरेको कुनै पनि कार्यक्रमहरुमा सहभागि नभएको जानकारी गराएको नगरपालिकाको कोभिड संयोजक दिपक कुमार घिमिरेले जानकारी दिए ।

नगरपालिकाको बैठकमा सहभागि नभएपनि संक्रमित वडाध्यक्षले वडाको कार्यक्रमहरुमा भने सहभागिता जनाएको बताइएको छ । वडाध्यक्षलाई आइसोलेसनमा राख्न धुलिखेल अस्पताल ल्याइएको छ । टेलिफोनमा कुरा गर्दै संक्रमित वडाध्यक्षले आफु स्वास्थ्य रहेको बताउनुभयो । ‘मेरो स्वास्थ्यमा कुनै पनि समस्या छैन्, वडाध्यक्षले भन्नुभयो ‘तर स्वास्थ्यका नियम पालना गर्नुपर्छ ।’

संक्रमित वडाध्यक्षको दोलालघाट पसल छ । उहाँको पसलमा आवातजावात भइरहेको थियो । पसलबाट अन्य ब्यक्तिमा समेत कोरोना संक्रमण फैलन सक्ने भन्दै भुम्लु गाउँपालिकाले सचेत रहन सबैलाई आग्रह गरेको छ । निमित्त प्रमुख प्रशासकिय अधिकृत रुपक अधिकारीले एक सूचना जारी गर्दै दोलालघाट बजार क्षेत्रका होटल, पसल सञ्चालन नगर्न, अनावश्यक हिडडुल नगर्न र अत्यावश्यक बाहेक घर बाहिर समेत ननिस्कन आग्रह गर्नुभएको छ ।

दोलालघाट बजार भुम्लु गाउँपालिकाको वडा नम्बर ८ र १० नम्बर क्षेत्रभित्र पर्छ । काभ्रे जिल्लामा आज संक्रमित १० जना मध्ये ६ जना प्रहरी अस्पताल काठमाण्डौ र बाँकी ४ जनालाई धुलिखेल अस्पतालको आइसोलेसनमा राख्ने तयारी भइरहेको स्वास्थ्य कार्यालय काभ्रेका डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७, २९ श्रावण बिहीबार  ६ : ११ बजे

कमलामाईमा चुनाबी माहौल बनाउँदै एमाले उमेदवार थापा

सिन्धुलीः उमेदवारहरुको भीडमा सिन्धुली क्षेत्र नंं २ मा बौद्धिक, क्षमतावान

कल्पना राईः सोलुखुम्बुको सपना र सशक्त युवा नेतृत्व

आज सगरमाथा पनि खुशीले हाँसेको छ । वरपरका शिखरहरुले गर्वका

बालेन्द्रको नैतिकतामाथि प्रश्न ?

नेतृत्व लोकप्रियताको क्षणिक खेल होइन । त्यो आचरण, जवाफदेहिता र

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार