२०८३, ७ कार्तिक शनिबार

मण्डनदेउपुर नगरपालिकाका संक्रमित वडाध्यक्ष बैठकमा सहभागि भएका थिएनन्

मण्डनदेउपुर नगरपालिकाका संक्रमित वडाध्यक्ष बैठकमा सहभागि भएका थिएनन्


धुलिखेल, २९ साउनः कोरोना संक्रमित मण्डनदेउपुर नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष साउन १८ गतेदेखि नगरपालिकाको कुनै पनि बैठक र सभाहरुमा सहभागि नभएको पाइएको छ । संक्रमित वडाध्यक्षले १८ गतेदेखि नगरपालिकाले आयोजना गरेको कुनै पनि कार्यक्रमहरुमा सहभागि नभएको जानकारी गराएको नगरपालिकाको कोभिड संयोजक दिपक कुमार घिमिरेले जानकारी दिए ।

नगरपालिकाको बैठकमा सहभागि नभएपनि संक्रमित वडाध्यक्षले वडाको कार्यक्रमहरुमा भने सहभागिता जनाएको बताइएको छ । वडाध्यक्षलाई आइसोलेसनमा राख्न धुलिखेल अस्पताल ल्याइएको छ । टेलिफोनमा कुरा गर्दै संक्रमित वडाध्यक्षले आफु स्वास्थ्य रहेको बताउनुभयो । ‘मेरो स्वास्थ्यमा कुनै पनि समस्या छैन्, वडाध्यक्षले भन्नुभयो ‘तर स्वास्थ्यका नियम पालना गर्नुपर्छ ।’

संक्रमित वडाध्यक्षको दोलालघाट पसल छ । उहाँको पसलमा आवातजावात भइरहेको थियो । पसलबाट अन्य ब्यक्तिमा समेत कोरोना संक्रमण फैलन सक्ने भन्दै भुम्लु गाउँपालिकाले सचेत रहन सबैलाई आग्रह गरेको छ । निमित्त प्रमुख प्रशासकिय अधिकृत रुपक अधिकारीले एक सूचना जारी गर्दै दोलालघाट बजार क्षेत्रका होटल, पसल सञ्चालन नगर्न, अनावश्यक हिडडुल नगर्न र अत्यावश्यक बाहेक घर बाहिर समेत ननिस्कन आग्रह गर्नुभएको छ ।

दोलालघाट बजार भुम्लु गाउँपालिकाको वडा नम्बर ८ र १० नम्बर क्षेत्रभित्र पर्छ । काभ्रे जिल्लामा आज संक्रमित १० जना मध्ये ६ जना प्रहरी अस्पताल काठमाण्डौ र बाँकी ४ जनालाई धुलिखेल अस्पतालको आइसोलेसनमा राख्ने तयारी भइरहेको स्वास्थ्य कार्यालय काभ्रेका डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७, २९ श्रावण बिहीबार  ६ : ११ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना