२०८३, १५ श्रावण शनिबार

काभ्रेमा कोरोना भाइरस समुदायमा प्रवेश, राेकथामका उपाय शुन्य

काभ्रेमा कोरोना भाइरस समुदायमा प्रवेश, राेकथामका उपाय शुन्य


धुलिखेल, २९ साउनः विश्यब्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस काभ्रेमा समुदाय स्तरमा प्रवेश गरेको छ । दुई वटा राष्ट्रिय राजमार्गले छोएको जिल्लामा लामो समयसम्म संक्रमितको संख्या स्थित थियो ।

तर लकडाउन खुकुलो भएसँगै स्रोत बिनाको संक्रमण समुदाय स्तरमा देखिन थालेको हो । लकडाउन खुकुलो भएपछि जिल्लामा कोरोना संक्रमण नियन्त्रण गर्न ठोस कार्य योजना पनि बनेको छैन् । जसको कारण संक्रमितको संख्या दिनदिनै बढि रहेको छ ।

काभ्रेमा हालसम्म संक्रमितको संख्या ६२ पुगेको छ । जसमा २० जना प्रहरी, २ जना स्वास्थ्यकर्मी भने एकजना जनप्रतिनिधि रहेका छन् । त्यस्तै २२ जना बैदेशिक रोजगारबाट फर्किएका र १८ जना अन्य सर्वसाधरण रहेका छन् ।

लकडाउन सुरु भएपछि विभिन्न पेसा, ब्यवसाय गर्ने सबै आफ्नो थकथलो गएका थिए । खुकुलो भएसँगै उनीहरु पुनः पहिलेकै पेसा ब्यवसायमा फर्किएका छन् । उनीहरुको कुनै पनि स्वास्थ्य परीक्षण गरिएको छ । घरबेटीले पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगरेको पाइएको छ ।

तराई तथा धेरै संक्रमित भएको जिल्लाबाट आएका उनीहरु बिना स्वास्थ्य परीक्षण निर्वाध रुपमा पेसा ब्यवसाय सञ्चालन गरिरहेका छन् । उनीहरु मार्फत गाउँसम्म कोरोना भाइरस पुग्न सजिलो भएको छ । स्थानीय तहरुले उचित सावधानी अपनाउन आफ्ना नागरिकलाई भनेको छैनन् ।

प्रकाशित मिति : २०७७, २९ श्रावण बिहीबार  ५ : २१ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने