२०८३, १५ श्रावण शनिबार

२४ घण्टामा कोरोनाबाट १० को मृत्यु, ४८४ जना संक्रमित

२४ घण्टामा कोरोनाबाट १० को मृत्यु, ४८४ जना संक्रमित

आज कुन जिल्लामा कति संक्रमित थपिए ?


काठमाडौं २८ साउन । नेपालमा पनि कोरोना संक्रमण र मृत्युदर दिनहुँ अत्यासलाग्दो रुपमा बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १० जनाको ज्यान गएको छ । यस्तै ४८४ जना संक्रमित भएका छन् । बुधबार काठमाडौं, धादिङ, धनुषा, सप्तरी, कपिलवस्तु, बारा र मोरङका गरेर १० जनाको विभिन्न अस्पतालमा मृत्यु भएको हो ।

मन्त्रालयले अहिलेसम्म औपचारिक रुपमा ९१ जनाको कोरोनाले मृत्यु भएको जानकारी दिएको छ । मन्त्रालयको पत्रकार सम्मेलनपछि थप दुई जनाको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या सात हजार ६ सय १३ रहेको छ । पछिल्लो २४ घण्टामा १० हजार ४८१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

अहिलेसम्म कोरोना जित्नेको संख्या १६ हजार ७२८ पुगेको छ । पछिल्लो २४ घण्टामा ६४ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको यो संख्या कुल संक्रमितमध्ये ६८।४ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

काठमाडौं
महानगरपालिका–१२ टेकु निवासी ७८ वर्षीया महिलाको बुधबार मृत्यु भएको छ ।
किष्ट मेडिकल कलेज शिक्षण अस्पताल, ललितपुरमा उपचार गराइरहेकी महिलाको बुधबार राति १ः१५ निधन भएको हो ।

उनी झाडापखाला तथा ज्वरोको कारण साउन २६ गते किष्ट अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी थिइन् । मृतक महिला पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुरको फिभर क्लिनिकबाट रेफर भएर किष्ट अस्पताल पुगेकी थिइन् ।

उनी उच्च रक्तचाप, मधुमेह, हाइपोथोराडिजम, सेप्टीक सक तथा मिर्गौला रोगबाट ग्रस्त भएको प्रवक्ता गौतमले जानकारी दिए। साउन २६ गते पाटन अस्पतालमा उनको स्वाब लिइएको थियो । उनको पीसीआर रिपोर्ट बुधबार मात्र आएको हो ।

धादिङ
धादिङ निलकण्ठ नगरपालिका–१४ का ३२ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको छ । उनको ह्याम्स अस्पतालमा मृत्यु भएको हो । क्षयरोगी उनी निमोनिया, खोकी तथा सास फेर्न कठिन भएको भन्दै साउन २७ गते अस्पतालको आइसीयूमा भर्ना भएका थिए । अस्पताल भर्ना भएकै दिन साँझ उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

धनुषामा दुईको मृत्यु
धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका–१ निवासी ७१ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको छ । बुधबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा उनको मृत्यु भएको हो । साउन ५ गते निमोनिया तथासास फेर्न कठिन भएर अस्पतालमा भर्ना भएका उनको साउन ६ गते स्वाब संकलन गरिएको थियो । उनको पीसीआर रिपोर्ट भने साउन ७ गते नै आएको थियो ।

धनुषाकै ३८ वर्षीया महिलाको कोरोनाले मृत्यु भएको छ । जनकपुर उपमहानगरपालिका– ८ बस्ने महिलाको ललितपुरको पाटन अस्पतालमा बुधबार राति निधन भएको हो । इन्सेफ्लाइटिस भएर उनी साउन १८ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएकी थिइन् । उनमा साउन १८ गते कोरोना पुष्टि भएको थियो । उपचारका लागि अल्का अस्पतालमा पुगेकी महिलामा कारोना पुष्टि भएपछि पाटन अस्पताल रेफर गरिएको थियो ।

सप्तरी
सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ घर भर भएर राजविराज नगरपालिका–६ सिराहारोड बस्दै आएका ७२ वर्षीया एक पुरुषको मंगलबार मृत्यु भएको छ । चार दिनअघि ज्वरो आएपछि स्वाब परीक्षणका लागि दिएको नमुनाको रिपोर्ट मंगलबार पीसीआर पोजिटिभ आएको थियो । कोरोना पुष्टि भएपछि अस्पताल लैजाने क्रममा उनको एम्बुलेन्समै मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएका छन् । उनी थाइराइड, मधुमेह, उच्च रक्तचाप तथा मुटु रोगी थिए ।

कपिलवस्तु
कपिलवस्तुको कपिलवस्तु नगरपालिका–२ तौलिहवाका ४२ वर्षीया पुरुषको बुधबार कोरोनाले मृत्यु भएको छ । उनी ज्वरो तथा निमोनिया भएर साउन २५ गते बुटवल कोरोना विशेष ९अस्थायी० अस्पतालमा भर्ना भएका थिए । उनको भेन्टिलेटरमा उपचारकै क्रममा मंगलबार ९साउन २७० गते स्वाब परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो ।

बारा
बाराको कलैया उपमहानगरपालिका बस्ने ७५ वर्षीय एक पुरुषको कोरोनाले मृत्यु भएको छ । उनको बुधबार किष्ट मेडिकल कलेज शिक्षण अस्पताल, ललितपुरमा मृत्यु भएको हो । शरीर कमजोर भइ चक्कर लागेपछि उनी साउन २६ गते किष्ट अस्पताल भर्ना भएका थिए । रक्तअल्पता, हाइपोथोराडिजम, सेप्टीक सक, दम तथा मिर्गौला रोगी भनिएका उनको साउन २७ गते लिइएको स्वाबको पीसीआर रिपोर्ट बुधबार पोजिटिभ आएको हो ।

बाराको वीरगञ्जको सडकमा मृत अवस्थामा फेला परेका एक युवकमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । बाराको विश्रामपुर गाउँपालिका–५ इटियाही घर भएका ३८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

वीरगञ्ज महानगरपालिका–१६ नगवास्थित सामुदायिक प्रहरी कार्यालय नजिकको सडकमा मंगलबार दिउँसो उनी दिउँसो मृत फेला परेका थिए । शवको स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो । बुधबार साँझ प्रयोगशालाले दिएको रिपोर्टमा मृतक ती पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए ।

मोरङमा दुईको मृत्यु
मोरङ बुढीगंगा गाउँपालिका–२ गंगाचोक निवासी ५५ वर्षीय पुरुष कोरोनाले मृत्यु भएको छ । उनको बुधबार बिहान धरानस्थित बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
बुधबार नै मोरङमा कोरोनाले विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु भएको छ ।

विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रका एक कर्मचारीको बुधबार दिउँसो मृत्यु भएको हो । विराटनगर महानगरपालिका–३ घर भएका ५७ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको हो । कोशी अस्पताल कोरोना उपचार केन्द्रका प्रमुख वरिष्ठ फिजिसियन डा। दीपक सिग्देलका अनुसार उनको बुधबार दिउँसो ४ बजे मृत्यु भएको हो ।

कुन जिल्लामा संक्रमित थपिए ?
स्वास्थ्य मन्त्रालयका अनुुसार देशभरका प्रयोगशलामा १० हजार ४८१ नमुना परीक्षण गरिएको थियो । त्यसक्रममा सबैभन्दा धेरै काठमाडौंमा १०९ संक्रमित भेटिएका छन् ।

मोरङका ४८, महोत्तरीका ४४, धनुषाका ३९, रौतहटका २४, ललितपुरका २१, सुर्खेतका १८, मकवानपुरका १६, सुनसरी, चितवन र, बाराका १५–१५ जना, कास्कीका १३, झापा र सिराहाका १०÷१० जना, भक्तपुरका ९, रुपन्देहीका ८ सर्लाही र स्यााङ्जाका ६–६ तथा सप्तरी, काभ्रे र दार्चुलाका ५र५ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै दैलेखका ४, कञ्चनपुर, पर्सा, अर्घाखाँची र रुकुम पश्चिमका ३–३ जना, गोरखा, नुवाकोट, तनहुँ, दोलखा, धादिङ र डोटीका २–२ तथा इलाम, ताप्लेजुङ, वैतडी, दाङ, बाँके, ओखलढुंगा, रामेछाप, जाजरकोट, कपिलवस्तु, खोटाङ, पाल्पा, सल्यान र बैतडीका एक–एक जनामा संक्रमण देखिएको छ ।

प्रकाशित मिति : २०७७, २९ श्रावण बिहीबार  ९ : ४१ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने