२०८३, १२ कार्तिक बिहीबार

काभ्रेको तीन नगरपालिका छुने ‘पुन्यमाता करिडोर’ निमार्ण सुरु

काभ्रेको तीन नगरपालिका छुने ‘पुन्यमाता करिडोर’ निमार्ण सुरु


बनेपा २८ साउन : काभ्रेको तीन वटा नगरपालिका भएर बग्ने पुन्यमाता खोलामा सडक निर्माणको काम सुरु हुने भएको छ ।

‘पन्यमाता करिडोर’ को आज पूर्व सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले शिलान्यास गर्नुभएको हो । शहरी विकास तथा भवन निर्माण विभागको आर्थिक सहयोगमा करिडोर निर्माण हुने लागेको हो । विभागले यो करिडोरका लागि पहिलो चरणमा १४ करोड, ४७ लाख ५५ हजार रुपैयाँ विनियोजन गरेको छ ।

पहिलो खण्डमा बनेपाको सेरा करुणामाई देखि सरस्वति दोभान हुदैँ बनेपाको पुलबजारसम्मको सडक स्तरोन्नति हुने छ । त्यस्तै दोस्रो खण्डमा पुलबजार देखि धुलिखेलको खड्पुसम्मको सडक स्तरोन्नति हुने विभागले जनाएको छ ।

अन्तिम खण्डमा खड्पु देखि पनौती त्रिवेणीघाटसम्म पुग्ने सडक स्तरोउन्नति हुने छ । पहिलो खण्डको काम ६ महिनाभित्र सकिने छ । करिडोर शिलान्यास कार्यक्रममा बोल्दै पूर्वमन्त्री बाँस्कोटाले देशमा विकास उल्लेखिय रुपमा भइरहेको बताउनुभयो । उहाँले यो करिडोरले तीन नगरपालिकाभित्रको पारस्पारिक सम्बन्धलाई समेत थप पराकिलो बताउनुभयो ।

प्रकाशित मिति : २०७७, २८ श्रावण बुधबार  ७ : ०० बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता