२०८२, १० पुस बिहीबार

काभ्रेको बनेपामा १२ वर्षिय बालकमा कोरोना संक्रमण

काभ्रेको बनेपामा १२ वर्षिय बालकमा कोरोना संक्रमण

काभ्रेमा संक्रमितको संख्या ४१ पुग्यो


धुलिखेल २५ साउन : काभ्रेको बनेपा नगरपालिकावडा नम्बर ७ गोदामचोक बस्ने १२ वर्षिय बालकलाई कोरोना संक्रमण पुष्टी भएको छ ।

सर्लाही घर भई हाल बनेपाको गोदाम चोकमा व्यापार गर्दै आएका व्यापारीकाे छोरामा कोरोना रिर्पोट पोजिटिभ आएको बनेपा नगरपालिकाका स्वास्थ्य संयोजक सत्यस्वर मकै श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बालकलाई उपचारको लागी धुलिखेल अस्पताल ल्याईएको छ । यो संगै जिल्लामा संक्रमितको संख्या ४१ पुगेका छन् ।

काभ्रेमा २७ जना कोरोना उपचारपछि घर फर्किएका छन् । १४ जनाको आईसोलेसनमा उपचार भईरहेको स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले बताउनुभयो । हाल जिल्लाको विभिन्न क्वारेन्टाईनमा गरी एक सय ३० जना रहेका छन् । जसमा ११४ जना पुरुष छन् भने १६ जना महिला छन् ।

प्रकाशित मिति : २०७७, २५ श्रावण आईतबार  ६ : ०९ बजे

सिन्धुलीको कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था तनावग्रस्त

विश्वप्रकाश शर्माद्वारा आगामी निर्वाचन नलड्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय