२०८३, १५ आश्विन शुक्रबार

पनौती नगरपालिकाले किसानहरुलाई किसान परिचय पत्र दिने

पनौती नगरपालिकाले किसानहरुलाई किसान परिचय पत्र दिने


धुलिखेल २० साउन : काभ्रेको पनौती नगरपालिकाले किसानहरुलाई परिचय पत्र बनाईदिने भएको छ । नगरपालिकाभित्र रहेका किसानहरुको तथ्याकं संकलन गरी तिन तहमा बर्गिकरण गर्दै ‘किसान परिचय पत्र ‘ दिने कृषि तथा पशुपक्षिं शाखाका संयोजक मणिप्रसाद सापकोटाले बताउनुभयो ।

किसानहरुलाई व्यवसायिक खेतीतर्फ उत्प्रेरणा जगाउने उदेश्यले व्यवसायिक किसान, व्यवसायिक उन्मुख किसान र निर्वाहमुखी किसान गरी तीन तहमा बर्गिकरण गरी किसान परिचयपत्र दिने संयोजक सापकोटाले जानकारी दिनुभयो । किसान परिचय पत्र बनाएपछि वास्तविक किसानको पहिचान खुल्ने र कृषि अनुदान दिन सजिलो हुने नगरपालिकाले जनाएको छ ।

नरपालिकाले यो कार्यक्रम आफ्नो नीति तथा कार्यक्रम र बजेटमा नै समाबेश छ । परिचयपत्र पाएपछि परिचय पत्र लिएका किसानलाई प्राथमिकतामा राखेर प्राङगारिक मल, उन्नत बीउ बिजन, बिषादी र प्राविधिक सेवा उपलब्ध गराउने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७७, २० श्रावण मंगलबार  ९ : १६ बजे

वेस्टर्न युनियनले ल्यायो ‘यो दशैं म छु सँगै’ अभियान : भाग्यशालीलाई पाँच लाख पुरस्कार

काठमाडौं । नजिकिँदै गरेको चाडपर्वको अवसर पारेर क्रस–बोर्डर मुद्रा स्थानान्तरण

जाजरकोटका स्थानीयले जडिबुटीबाट भित्र्याए २९ करोडभन्दा बढी

सुर्खेत । जाजरकोटमा जडिबुटी ग्रामीण अर्थतन्त्रको बलियो आधार बन्दै गएको

पाँच संसदीय समितिको बैठक बस्दै, कुन समितिमा के छ कार्यसूची ?

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत शुक्रबार पाँच वटा संसदीय समितिका बैठक

राष्ट्रियसभाको बैठक बस्दै, विधेयकदेखि मन्त्रीका जवाफसम्म कार्यसूचीमा

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक शुक्रबार अपराह्न १ः१५ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११