२०८२, २० कार्तिक बुधबार

गाईमा देखियो नयाँ भाइरस

गाईमा देखियो नयाँ भाइरस


तनहुँ १९ साउन : तनहुँ जिल्लाका गाईमा नयाँ भाइरसको सङ्क्रमण देखिएको छ । व्यास नगरपालिका–११, फराकचौरका कृष्ण दरैले पालेको गाईमा लम्पी स्क्रिन डिजिज भाइरस देखा परेको हो । नेपालको पूर्वी जिल्लामा व्यापक रूपमा देखा परेको यो भाइरसको सङ्क्रमण तनहुँमा पनि देखा परेको भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहुँका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए ।  जिल्लाका अन्य ठाउँमा पनि यो रोग देखा परे खबर गर्न सम्बन्धित स्थानीय तहको पशु शाखामार्फत आग्रह गरिएको छ ।

डा श्रेष्ठका अनुसार पहिला अफ्रिकामा सीमित यो रोग सन् २०१२ पछि मध्यपूर्व, दक्षिण पूर्वी युरोप, रसिया, कजाकिस्तान हुँदै बङ्गलादेश र भारतमा पनि केही महनिा अगाडि देखा परेको थियो । अहिले नेपालको मोरङ, झापालगायत पूर्वी क्षेत्रमा यसैसँग मिल्दोजुल्दो लक्षण देखिई सयौँ गाई बिरामी परेको र केही मरेको जानकारी प्राप्त भएको डा। श्रेष्ठले जानकारी दिए ।  यो भाइरस लागिसकेपछि कचेरा निकाल्ने, सिँगान बग्ने तथा फिँज धेरै निकाल्ने हुन्छ ।

शरीरका विभिन्न ठाउँमा विशेष गरी घाँटी, पछाडिको भाग, पेट र थुनवरिपरि १० देखि ५० मिलिमिटरसम्मका गिर्खाहरु देखिने गरेको डा।श्रेष्ठले बताए ।  उनका अनुसार यो रोग लामखुट्टे, किर्ना आदिको टोकाइको माध्यमबाट र सङ्क्रमित पशु र स्वस्थ पशुलाई उपचारका क्रममा एउटै सुई प्रयोग गर्दा सर्छ ।  डा श्रेष्ठका अनुसार यो रोगबाट गाईलाई बचाउनका लागि लामखुट्टे, झिँगा, किर्ना आदिको सङ्ख्या नियन्त्रण र गोठवरिपरिको वातावरण सफा राख्नुपर्छ ।  रासस

प्रकाशित मिति : २०७७, १९ श्रावण सोमबार  ६ : ५७ बजे

रामकुमारी झाँक्री भन्छिन्: ‘भयानक यात्रा समाप्त, अहिले पजको अवस्थामा छौं’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले पार्टीसँगको आफ्नो

नेपाल-भारत बैठकमा प्रसारण लाइन विस्तार र ऊर्जा आदान-प्रदानमा सहमति

काठमाडौं । नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७औं बैठकमा दुई

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग

हेटौँडा । झन्डै दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग

किसान श्रेष्ठ : “मूल घर फर्किंदैछौं, हाँसेर बोलिदिए पुग्छ”

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफूहरू **नि:शर्त

नेकपा एस-माओवादी केन्द्र एकता घोषणा आज

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच आज