धुलिखेल, १४ साउनः काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर ५ मा रहेको सत्य नारायण मन्दिरमा यो वर्षको जनै पुर्णिमा मेला नलाग्ने भएको छ । आज गाउँपालिका अध्यक्ष सलामा सिंह तामाङले एक सूचना जारी गर्दै यो वर्ष जनै पूर्णिमाको दिन मेला नलाग्ने बताउनुभएको हो ।
विश्व ब्यापी बनिरहेको कोरोना भाइसर नफैलियोस भन्नका लागि मेला नगर्ने निर्णय गरिएको पालिका अध्यक्ष तामाङले बताउनुभयो । पालिकाले केन्द्र सरकारको निर्णयानुसार मेला, पर्व जात्रा जस्ता मानिसको धेरै भिड्भाड कार्यक्रमहरु कुनै पनि नगर्न सबैलाई आग्र गरेको छ ।
पालिकाले कोरोना संक्रमणबाट बच्न आवश्यक सुरक्षा सर्तकता अपनाउन, सामाजिक दुरी कायम गर्न र स्वास्थ्य निर्देशिकाको पूर्ण पालना गर्न समेत तेमालबासीलाई आग्रह गरेको छ ।








प्रतिक्रिया