२०८३, १५ श्रावण शनिबार

रञ्जिता जस्तै कतिले अकालमै ज्यान गुमाउनु पर्ने हो डाँडापारीमा ?

रञ्जिता जस्तै कतिले अकालमै ज्यान गुमाउनु पर्ने हो डाँडापारीमा ?

धामी झाँक्रीको भरपर्दा रञ्जिताको ज्यान गयो !


धुलिखेल, १४ साउनः हिजो दिउँसो १२ बजेर ३९ मिनेट जाँदा खानीखोला गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष मान बहादुर गोलेले सामाजिक सञ्जालमा आकाशमा उड्दै गरेको हेलिकप्टरको तस्बिर राखेर लेखे, ‘खानिखोला ६ सतभैयामा कामी सिङ थोकरको छोरी रन्जिता थोकर ३ दिन देखि झाडापखालाका कारण हाल बेहोस अबस्थामा रहेको र स्थानीय स्वास्थ्य चौकिमा उपचार सम्भब नभएकाले उपचारको लागि काठमाडौ ल्याउदै ।’

तर उनै वडाध्यक्षले ३ बजेर ३५ मिनेट जाँदा अर्का स्टाटस लेखे ‘कति कोशिश गरे बचाउन सकिन रन्जिता नातिनी तिमिलाइ हार्दिक श्रद्धाञ्जली । प्राप्त विवरणहरु अनुसार रञ्जिता तीन दिन देखि झाडापखलाबाट ग्रसित थिइन् । सम्भवतः जनप्रतिनिधि र स्वास्थ्य कर्मीले थाहा पाएको तीन दिन भएको हुनुपर्छ । तर रञ्जिता त्यो भन्दा अघि देखिनै बिरामी भएको आशंका गरिएको छ ।

१७ बर्षीय रञ्जिता वडा नम्बर ६ मै रहेको शारदा माध्यामिक विद्यालयको कक्षा ९ बाट उर्तीण भएर १० मा भर्ना भएकी थिइन् । उनका साथीहरुका अनुसार रञ्जिता लगनशील र मेहेनती छात्रा भित्रै पर्थिन । रञ्जिताको अवस्था थप जटिल बन्दै गएको र गाउँमा उपचार सम्भव नभएपछि गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खुलालले हेलिकप्टरको पठाइदिन जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएका थिए । लगत्तै प्रशासन कार्यालय गृह मन्त्रालयलाई आग्रह गरेर हेलिकप्टर गाउँ पुगेको थियो । तर हेलिकप्टरले रञ्जितालाई नलिइ फर्कियो ।

डाँडापारीको खानीखोला र महाभारत गाउँपालिकामा सयमै उपचार नपाएर अकालमै मर्नुपर्ने घटना यो पहिलो र नयाँ होइन । त्यस क्षेत्रमा भरपर्दो अस्पताल छैन् । पैदल मार्गबाट अस्पताल ल्याउन सडकको राम्रो ब्यवस्था छैन् । स्थानीय तहमा जनप्रनिधि निर्वाचित भएपछि सडकको ट्याक खोल्ने काम त गरेका छन् । बर्खा याम सुरु हुने वित्तिकै बन्द हुन्छन् ।

धामी झाँक्रीको भरपर्दा रञ्जिताको ज्यान गयो !
जानकारहरुका अनुसार डाँडापारी क्षेत्रमा धामी झाँक्री माथिको विश्वास ब्याप्त छ । त्यसको सिकार रञ्जिता भइन् । वडा नम्बर ६ का वडाध्यक्षले सामाजिक सञ्जालमा लेखेको कुराबाटै थाहा हुन्छ कि उनी बेहास भएपछि मात्रै जनप्रतिनिधि र स्वास्थ्य कर्मीले थाहा पाए ।

२०४५ सालदेखि स्वास्थ्य चौकीमा कार्यरत रहेर अहिले गाउँपालिकाको स्वास्थ्य संयोजकको जिम्मेवारी सम्हालेका रामपुकार यादवले पनि धेरै जसो स्थानीय अझै पनि धामी झाँक्रीकै विश्वास गर्ने गरेको बताए । ‘यो क्षेत्रमा एक घर, एक धामी झाँक्री जस्तै छन् उनले भने ‘पहिलेको हेरि त अहिले अवस्था धेरै सुध्रिएको हो, रञ्जिताको मृत्युको पछि पनि कुनै न कुनै हिसाबले धामी झाँक्रीमा विश्वास गर्नु र समयमै स्वास्थ्य चौकी नपुर्याएको देखिन्छ ।’

प्रकाशित मिति : २०७७, १४ श्रावण बुधबार  ८ : ५० बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने