२०८३, १५ बैशाख बुधबार

बाह्रबिसेकी उपप्रमुख पाख्रिनको बाढी पहिरो प्रभावित क्षेत्रमा निरन्तर खटाइ (भिडियो सहित)

बाह्रबिसेकी उपप्रमुख पाख्रिनको बाढी पहिरो प्रभावित क्षेत्रमा निरन्तर खटाइ (भिडियो सहित)


धुलिखेल, १३ साउनः विश्वब्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसको संक्रणमबाट नेपालमै पहिलो पटक मृत्युको सूचीमा आफ्नो नगरपालिकाभित्रको नागरिक पर्दाको पिडा थिदैँ थियो । जे नहुनु थियो भई हाल्यो । मृतकको परिवारलाई धुलिखेल अस्पतालबाट गाउँ लैजाने देखि गाउँमा सुरक्षित राख्ने काममा समेत उपप्रमुख सुशिला पाख्रिन अग्रपंक्तिमै खटिइन् ।

प्रदेशका सामाजिक विकास मन्त्री युवाराज दुलाल स्वास्थ्यकर्मीको टोली लिएर मृतकका गाउँ पुग्दा पनि समन्वयको काम उनै उपप्रमुखले गरिन् । अन्य नगरबासीमा कोरोना भाइरस नफैलियोस भन्नका लागि विभिन्न रणनीतिहरु बनाइयो । समुदायमा फैलनबाट हालसम्म जोखिएकै छ ।

https://www.youtube.com/watch?v=Mnm8NjH4ih0

लगभग कोरोना भाइरसको संक्रमण नियन्त्रणमै थियो । तर अर्को विपत्ती थपियो । असार २५ गतेको त्यो रात । अविरल वर्षका कारण नगरपालिकाका विभिन्न ठाउँमा ठूलो धनजनको क्षति भयो । खास गरी वडा नम्बर ५ जम्बुमा ठूलो मानवीय र भौतिक क्षति भयो । २० जना अझै बेपत्ता छन् ।

तर पनि बाचेकालाई उद्दार गरी पुनस्थापना गर्न नगरपालिकाले कुनै कसर बाँकी राखेको छैन् । प्रमुख निमफुञ्जो शेर्पा र उपप्रमुख पाख्रिनले दिनरात भनेका छैन् । बाढी पहिरो पीडितको सेवामा समर्पित भएर लागिपरेका छन् । उपप्रमुख पाख्रिन पीडितहरुको बस्ती, बस्ती, घर, घरमा पुगेर समस्या बुझ्ने र राहत वितरण गर्ने काममा दिलो ज्यान दिएर खटिरहेकी छन् ।

विभिन्न संघसंस्था राहत वितरणका लागि आइपुग्छन् । उनीलाई समन्वय गरेर कुन गाउँमा के आवश्यक छ त्यसको पहिचान गर्ने र आफै त्यो बस्तीमा पुगेर दुःखमा साथ उपप्रमुख पाख्रिनले दिइरहेकी छन् । प्रभावितलाई साच्चैको घर दैलोको सरकारको अनुभूति गरिरहेका छन् । उपप्रमुख पाख्रिनको खटाई साच्चैको लोभलाग्दो छ ।

अझ भनौ जनप्रतिनिधिहरुमा उपप्रमुख पाख्रिनको खटाई सह्रनीय नै छ । विपद्का बेला बृद्धबृद्धा, असहाय, अपांगता भएका ब्यक्तिलाई पहिलो प्राथमिकता दिनुपर्छ । यो सिद्धान्तलाई पनि उपप्रमुख पाख्रिनले पालना गरेकी छन् । धेरैको घरबार घुमेको छ । उनीहरुको तत्कालै घर त बनाउन सम्भव नहोला । तर विपद्का बेला जुझारु जनप्रतिनिधि चाँहिन्छ भन्ने उदाहरण बाह्रबिसे नगरपालिकाका प्रमुख शेर्पा र उपप्रमुख पाख्रिन बनेका छन् । सबै संयन्त्रलाई परिचालित गरेर दुखित घाउमा मोलमपट्टी लगाउन उनीहरु सफल भएका छन् ।

प्रकाशित मिति : २०७७, १३ श्रावण मंगलबार  ६ : ४३ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले