२०८३, १२ बैशाख आईतबार

काभ्रेको जगथली पाखाबाट हेलिकप्टर मार्फत गर्भवती महिलाको उद्दार

काभ्रेको जगथली पाखाबाट हेलिकप्टर मार्फत गर्भवती महिलाको उद्दार


धुलिखेल, १२ साउनः काभ्रेका विकट खानीखोला गाउँपालिका वडा नं ४ जगजती पाखाका गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्दार गरिएको छ । गाउँमा सुत्केरी हुन नसकेपनि गर्भवतीलाई हेलिकप्टर मार्फत उद्दार गरिएको हो । बर्षासँगै गाउँ जाने सबै सडक अबरुद्ध भएर सडक मार्गबाट अस्पताल ल्याउन नसकेपछि महिलालाई हेलिकप्टर मार्फत अस्पताल पठाइएको पालिका अध्यक्ष कृष्ण बहादुर खुलालले जानकारी दिनुभयो ।

उहाँका अनुसार खोपासी–कामिडाँडा–तालढुङ्गा सडकको स्याउरीथलीमा अविरल वर्षाका कारण पहिरो गएर सडक नै बगाएपछि यातायात ठप्प भएकोछ । यसैगरी फलामेटार–च्याल्टि र च्याम्राङबेसी–मिल्चि सडक खण्ड पनि ठप्प भएकोछ ।

तर निरन्तर बर्षा भइरहेको कारण तत्काल सडक सफा गर्न पनि सम्भव नभएको अध्यक्ष खुलालले बताउनुभयो दिनुभयो । मुख्य सडक खण्ड नै अवरुद्ध भएपछि खाद्यन्न लगायतका सामग्री र दिर्घरोगीहरुलाई निकै असर परिरहेकोछ ।

प्रकाशित मिति : २०७७, १२ श्रावण सोमबार  ७ : ०० बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले